विराटनगरमा ट्राफिक लाइट सञ्चालन

विराटनगर २१ साउन । विराटनगरमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । एक महिनाअघि नै जडान गरिएको लाइटको सोमबार बिहान उद्घाटन गरिएको हो । विराटनगर महानगरपालिका–२, ३, ४ र ५ को संगमस्थल बरगाछी चोकमा जडान गरिएको लाइटको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सोमबार उद्घाटन गर्नुभयो । प्रदेश राजधानी विराटनगरस्थित बरगाछीको सडक सवारीसाधन अत्यधिक […]

भोजपुरका बाढी पहिरो पीडितलाई प्रदेश सरकारद्धारा राहत वितरण

विराटनगर २१ साउन । कोशी प्रदेश सरकारले भोजपुरमा गएको बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ । कोशी प्रदेशका मन्त्री र राज्यमन्त्रीले भोजपुर पुगेर राहत वितरण गरेका हुन् । साल्पासिलिछो गाउँपालिकाको दोभान, षडानन्दा नगरपालिका पुगेर उनीहरुले राहत वितरण गरेका हु्न । बाढी पहिरोमा परेमा १५ घरपरिवार एक साताअघि विस्थापित भएका थिए । प्रदेशका आन्तरिक मामिला […]

नागरिक संरक्षण एकता मञ्चद्धारा १० बुँदे माग संवोधनका लागि मेची महाकाली अभियानको शुरुवात

विराटनगर २० साउन । नागरिक संरक्षण एकता मञ्च (नेपाल) ले १० बुँदे माग संवोधनका लागि मेची महाकाली अभियानको शुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै मञ्चले झापादेखि अभियानको शुरुवात भएको जनाएको हो । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै १० बुँदे माग अविलम्ब संवोधन हुनु पर्ने मञ्चले जनाएको छ । मञ्चका केन्द्रीय […]

स्कुल बसकाे ठक्करबाट साइकल यात्रीको मृत्युु

विराटनगर २० साउन। मोरङको रंगेलीमा स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । तीव्र गतिमा रहेको बसका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । विराटनगरस्थित अरनिको स्कुलको बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुयाे। उनका अनुसार को १ क १७०० नम्बरको बस विद्यार्थी […]

कक्षा १२ को नतिजा सार्वजनिक, सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा ननग्रेडेड

विराटनगर १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । यस्तै ४७.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण (नन ग्रेडेड) भएको बोर्डले जनाएको छ । नतिजा अनुशार सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा ननग्रेडेड भएका छन् । त्यसपछि एकाउन्ट र सामाजिक विषयमा सबैभन्दा धेरै […]