विराटनगर ३ मंसिर । पार्टी सदस्यता लिएको दुई दिनमै अध्यक्षको उम्मेदवार बनाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा असन्तुष्टी बढेको छ ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउयँपालिकाको अध्यक्ष पदमा रास्वपाबाट ग्रामथान ६ का नविककुमार विश्वासले उम्मेदवारी दिएपछि रास्वपामा असन्तुष्टी बढेको रास्वापा मोरङका एक नेताले बताए ।
०८१ कात्तिक ३० गते विश्वासले रास्वपाको पार्टी साधारण सदस्यता लिएका थिए । मंसिर २ गते आइतबार उहाँले रास्वपाबाट मनोनयन दर्ता गर्नु भएको थियो । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा हाम्रो नेपाली पार्टी लौरो चुनाव चिन्ह लिएर चुनावी प्रतिष्पर्धा गर्नु भएका विश्वासले ८८५ मत ल्याउनु भएको थियो ।
रास्वपा उर्लाबारी नगर कमिटीका पूर्व सचिव सुमन कार्कीले पार्टीमा व्यक्तिवादी सोच हामी भएपछि पार्टी त्याग गरेको बताउनुभयो । पार्टी आफु अनुकूल हुँदा कार्यान्वयन गर्ने र अनुकुल नहुँदा कार्यान्वयन नगर्ने परिपाटी रहेको उहाँले बताउनुभयो । रास्वपामा अहिले आकर्षण घटेको उहाँले बताउनुभयो ।