जलविद्युत परियोजनामा सरकारले नागरिकको नाममा लगानी गर्ने : मुख्यमन्त्री कार्की

विराटनगर २४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले प्रदेशमा निर्माण हुने ठूला जलविद्युत परियोजनामा नागरिकको नाममा लगानी गर्ने बताउनु भएको छ । नेकपा एमाले कोशी प्रदेश उर्जा, जलश्रोत तथा सिंचाई विभागद्वारा आज विराटनगरमा आयोजित प्रदेशको समृद्धिका लागि जलस्रोत एवं उर्जा विषयक कार्यशाला गोष्ठीमा उहाँले प्रदेश सरकारले नीति एवं कानून निर्माण गरि कोष मार्फत […]

कोशी प्रदेश : तीन महिनाको अवधिमा कारागार र ब्यारेकमा गरी ६ जनाको मृत्यु

विराटनगर, २४ वैशाख । तीन महिनाको अवधिमा कोशी प्रदेशमा प्रहरी ब्यारेक र जिल्ला कारागारमा गरी ६ जनाको मृत्यु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र व्यारेकमा गरी ६ जनाको मृत्यु भएको छ । इन्सेकको […]

काेशी प्रदेशसभाकाे साताैं अधिवेशन आह्वान

विराटनगर २४ वैशाख । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सभाको वर्खे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आव्हान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बैठक आह्वानको लागि सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती […]

प्रदीप नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखिने

विराटनगर २३ वैशाख । पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिने भएको छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखिने भएको छ । नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी […]

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन भव्यतापूर्वक मनाइने : मुख्यमन्त्री कार्की

विराटनगर २३ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस २०८२ दिवसको रुपमा नभई भव्य रुपमा मनाउन निर्देशन दिनु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुने गरी मनाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, दिवसलाई दिवसका रुपमा मात्र होइन यसलाई सबैले अपनत्व […]