कोशी प्रदेशस्तरीय सुरक्षा बैठक विराटनगरमा सुरु

विराटनगर ३१ वैशाख । कोशी प्रदेशस्तरीय सुरक्षा बैठक बुधबारदेखि विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित होटल एसियाटिकमा शुरु बैठकमा कोशी अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी छन् । बैठकमा जिल्लाबाट वर्तमान सुरक्षा अवस्था, चुनौती र स्थानीय तहमा देखापरेका समस्याबारे प्रस्तुति दिइनेछ । त्यसपछि संघीय गृहमन्त्री […]

आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण

विराटनगर ३० वैशाख । नेपाल सरकारको गृह मन्त्रालयले विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई चाबी प्रदान गरी गोदाम घर हस्तान्तरण गर्नुभएको हो । विराटनगर भन्सार कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तरण मात्र नभई संघीयताको कार्यान्वयनका लागि समेत […]

३६ करोडमा तयार भयो मोरङ कारागारको नयाँ भवन, गृहमन्त्री लेखकद्धारा उद्घाटन

विराटनगर ३० वैशाख । जिल्ला कारागार मोरङको नयाँ कारागार भवन उद्घाटन भएको छ । ३६ करोड १२ लाख ८५ हजार लागतमा निर्माण भएको भवन मंगलबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नु भएको हो । कारागार भित्र पुरुष सुधार गृह, महिला सुधार गृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, कारागार प्रशासन भवन, कारागार प्रमुखको आवास, सुरक्षा पोष्ट, […]

शान्तिको सन्देश विश्वभर फैलाउन सक्नु हाम्रो गौरव : मुख्यमन्त्री कार्की

विराटनगर २९ वैशाख। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्व विकास र शान्तिको खोजीमा रहेको बताउँदै गौतम बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताउनुभएको छ। ‌ आज बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र समृद्धिको पथमा […]

आज २५६९ औं बुद्धजयन्ती

विराटनगर २९ वैशाख । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज (सोमबार) देश विदेशमा मनाइँदै छ । घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी बुद्ध जयन्ती मनाइन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्‍याउनुभएको […]