विराटनगर १३ माघ । नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा गरिबी निवारण गरि समृद्धि कायम गर्न बैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लागेको बताउनु भएको छ । समाजवादी पार्टी(नयाँ शक्ति)को प्रथम कोशी प्रदेश सम्मेलन तथा नेपाल समाजवादी ट्रेड युनियन महासंघ प्रदेश तथा मोरङ सम्मेलनको शनिवार विराटनगरमा आयोजित उद्घाटन समारोहमा उहाँले कृषिको समुचित विकास र […]
विराटनगर १२ माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धन सरकार तस्करी,कुशासन, भ्रष्टाचार नियन्त्रण गर्न निर्माण भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले हामी कालो बजारी, तस्करी , कमिशनतन्त्र नियन्त्रण गर्ने कार्यमा प्रभावकारी ढङ्गले कार्य गरिरहेको प्रष्ट पार्नु भयो । अर्थमन्त्री पौडेलले भन्नु भयो,‘ नेकपा एमाले र नेपाली कांग्रेसको […]
विराटनगर १२ माघ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ। आज प्रेस चौतारी मोरङकाे अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो पनि संवैधानिक व्यवस्था हो र यो जनतालाई राहत […]
विराटनगर ११ माघ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज सातौँ वार्षिक प्रतिवेदन वुझाएको छ । प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरका आयोजित कार्यक्रममा मुख्य न्यायाधिवक्ता नारायण बस्तीले मुख्य न्यायाधिवक्तो काम, कर्तव्य,अधिकार र सेवाका सर्त सम्बन्धी ऐन २०७५ को दफा १२ को उपदफा (१) बमोजिम कार्यालयको आर्थिक वर्ष २०८०/८१ […]
विराटनगर ११ माघ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताउनुभएको छ । कोशी टप्पु सुनसरीमा विहिबार भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुईपक्षबाटै पहल गरिने बताउनुभयो । कोशी प्रदेश सरकारले आगामी २०८२ साल लाई कोशी पर्यटन वर्ष मनाउने […]