मोेरङमा निर्वाचन तयारी अन्तिम चरणमा, मतगणना ६ वटै क्षेत्रबाट गरिने

विराटनगर १७ फागुन । मोेरङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । आज नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको निर्वाचन र आमसञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा निर्वाचन तयारीबारे सुरक्षा प्रमुखहरु र निर्वाचन कार्यालयका प्रमुखले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन । मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका सहितका […]

माेरङ ६ का उनेपाका उम्मेदवार बुढाथोकी एमाले प्रवेश

विराटनगर १७ फागुन । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी समीकरण अप्रत्याशित मोडमा पुगेको छ । उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका युवा उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा (एमाले)का उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन् । आइतबार बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रममार्फत औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारिएको घोषणा गर्दै […]

निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा

विराटनगर १६ फागुन । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा […]

बिबिसीको डकुमेन्ट्री हटाउन पत्राचार : कार्यवाहक निर्वाचन आयुक्त भण्डारी

मोरङ, १५ फागुन । निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिबिसी विश्व सेवाबाट प्रसारित जेन्जी आन्दोलनको डकुमेन्ट्री हटाउन पत्राचार गरेको बताउनु भएको छ । विराटनगरमा आज निर्वाचन सुरक्षा सम्बन्धी अनुगमनमा आउँदा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गदै उहाँले आयोगले हिजो यस सम्बन्धमा पत्र लेखेको जानकारी दिनु भयो । आयुक्त भण्डारीले उक्त संस्था विदेशी कानुन […]

निर्वाचनमा शिक्षकहरूलाई कम सहभागी गराईएकोमा आपत्ति

विराटनगर २१ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन विषयमा देशभरबाट शिक्षकहरूलाई कम सहभागी गराएको भन्दै नेपाल शिक्षक महासङ्घ केन्द्रीय समिति नेपाल शिक्षक संघ केन्द्रीय समिति नेपाल शिक्षक संगठन केन्द्रीय समिति लगायतले असन्तुष्टि व्यक्त गरेका छन् । प्रेस विज्ञप्ति निकालेर निर्वाचन आयोगलाई मतदान प्रक्रियामा सहभागी शिक्षकहरूको सङ्ख्या बढाउन आग्रह गरेका छन […]