कोशी प्रदेश : सडक आश्रित बालबालिकामुक्त प्रदेश घोषणाउन्मुख

विराटनगर २१ चैत । कोशी प्रदेश सडक बालबालिकामुक्त प्रदेश घोषणा उन्मुख भएको छ । सडकआश्रित १२० बाल बालिका मध्ये ११० जनाको उद्धार गरिएको छ । सडक आश्रित १० जनाको उद्धार गरेपछि सडक बालबालिकामुक्त प्रदेश घोषणा हुने ाष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिनुभयो । राष्ट्रिय […]

इक्युवालिटि कप क्रिकेटमा मोरङको ह्याष्ट्रिक

विराटनगर २१ चैत । चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । बिहिबार भएको फाइनल खेलमा सप्तरीलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जिेको हो । पहिलो संसकरणमा मोरङले झापासँग पराजित भए यता लगातार उपाधि जित्दै आएको छ । टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ […]

एमाले विराटनगर दोस्रो अधिवेशन वैशाखमा, चैत २८ गते प्रतिनिधि चयन गरिने

विराटनगर २१ चैत । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ । आज बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता राम पोखरेलले जानकारी दिनुभयो । वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि […]

इक्युवालिटि कप क्रिकेटको उपाधिकालागि मोरङ र सप्तरी भिड्ने

विराटनगर २० चैत । विराटनगरमा जारी इक्युवालिटि कप क्रिकेटको उपाधिका लागि मोरङ र सप्तरी भिड्ने भएका छन् । अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा उक्लिएको छ । मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्दै अपराजित हुँदै शिर्ष स्थानमा रहेको हो । यस अघिनै मोरङ र सप्तरी फाइनलको यात्रा तय गरेका छन् । मोरङ खेलेको […]

कोशी प्रदेश पयर्टन वर्षको नारा, लोगो र मस्कट सार्वजनिक

विराटनगर २० चैत । कोशी प्रदेश सरकारले सुरु गर्न लागेको ‘कोशी प्रदेश पयर्टन वर्ष २०८२’को नारा, लोगो र मस्कट सार्वजनिक गरेको छ । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पर्यटन वर्षको नारा, लोगो र मस्कट आज सार्वजनिक गर्नुभएको हो । पर्यटन वर्षको नारा ‘कोशीको गौरब, हिमालको शान, पर्यटन वर्षमा सबैको सम्मान’ नारा सार्वजनिक गरिएको छ […]