विराटनगर १९ असोज । मोरङमा आज विहानै देखिको अबिरल बर्षाका कारण करिव ४ सय घरपरिवार प्रभावित भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुशार हाल सम्म अविरल बर्षाका कारण खोला कटान र डुवानबाट ३८६ घरपरिवारका १ हजार ५६८ जनालाई स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएकाहरुलाई स्थानीय विद्यालय, प्याक्ट्री, आफन्त लगायतको घरमा राखिएको छ । विराटनगर […]
विराटनगर १९ असोज । अविरल बर्षाका कारण खोलाको बाढी बस्तीमा पसेपछि मोरङका एक सय बढी घर परिवारलाई स्थानान्तरण गरिएको छ । विराटनगर १२ को सम्पन्न बस्तीका ७५ घरका ३५० जनालाई स्थानीय बखरी आधारभूत विद्यालय र दरैया आधारभूत विद्यालय तथा स्थानीय फ्याक्ट्रीमा स्थानान्तरण गरिएको छ । ७५ घर परिवारका ३५० जनालाई स्थानान्तरण गरिएको मोरङका प्रमुख जिल्ला […]
विराटनगर १९ असोज । इलाममा बाढी पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्याेदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ । इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । सूर्याेदय नगरपालिका–१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर […]
विराटनगर १८ असाेज । पाँचथर कुम्मायककाे कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । ताप्लेजुङबाट सुनसरी तर्फ आउँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले ३ जना महिला र ३ […]
विराटनगर १८ असोज । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम […]