इलामका बाढी-पहिरो पीडितका लागि प्रदेश सरकारले पठायो राहत सामग्री

विराटनगर २१ असोज । कोशी प्रदेश सरकारले इलामका बाढी पहिरो पीडितहरुका लागि राहत सामग्री पठाएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रदेश सरकारले राहत सामग्री पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिनुभयो । स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टर मार्फत पठाईएको उहाँले बताउनुभयो । प्रदेश सरकारले दैनिक उपभोग्य […]

निर्वाचन कार्यतालिका सार्वजनिक

विराटनगर २१ असोज । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै आयोगले गर्नुपर्ने कार्यहरूलाई समयबद्ध रूपमा सञ्चालन गर्न आयोगबाट आज निर्वाचन कार्यतालिका स्वीकृत भएको जानकारी गराएका हुन् । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको […]

बाढी पहिरोका कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ५२ पुग्यो

विराटनगर २० असोज । शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ५२ पुगेको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ । पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरी र मोरङमा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

आज कोजाग्रत पूर्णिमा

विराटनगर २० असोज । आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको […]

इलाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुग्यो

विराटनगर १९ असोज । शनिबार रातिदेखिको अविरल वर्षासँगै इलाममा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आइतबार अपराह्न १ बजेसम्म ३७ जनाको मृत्यु भएको सूचना प्राप्त जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको सूर्याेदय नगरपालिका १ मानेभञ्ज्याङमा ५ जना, इलाम नगरपालिका ६ घोसमा ६ जना, माङ्सेवुङ गाउँपालिका […]