मिल्समा सुरु भयो ग्रासरुट फुटबल प्रशिक्षण

विराटनगर, २८ साउन । मिल्स गोल्डकप ट्रष्टले साना बालबालिकालाई लक्षित गर्दै ग्रामरुट फुटबल प्रशिक्षण सुरु गरेको छ ।विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्र अर्थात भारतसँग सीमा जोडिएको स्थानका बालबालिकालाई लक्षित गर्र्दै ट्रष्टले ‘ग्रासरुट फुटबल’ प्रशिक्षण सुरु गरेको हो । जुट मिलको मैदानमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षणको सुरुआत गरेका हुन् । प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि […]

प्रजातान्त्रिक विचार समाजमा सुवेदी

विराटनगर, २८ साउन । प्रजातान्त्रिक विचार समाज मोरङको अध्यक्षमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी चयन हुनु भएको छ । समाजको आज विराटनगरमा सम्पन्न १३ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १८ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुखसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा रमानाथ भट्टराई, […]

विराटनगर महानगरद्वारा आवधिक योजनाका लागि विज्ञहरूसित छलफल सुरु

विराटनगर, २८ साउन । विराटनगर महानगरपालिकाले विराटनगरको समग्र विकासका लागि विषय विज्ञहरूसित छलफल सुरु गरेको छ । महानगरले विषय विज्ञलाई बोलाएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन के कस्ता योजना ल्याएर विराटनगरको वृहत्तर विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरेको हो । छलफलमा सहभागीहरूले सबैलाई करको दायरामा ल्याएर महानगरको आम्दानी बढाउनुपर्नेमा जोड दिए । उनीहरूले विराटनगरको […]

स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको ट्युमरको आर्या न्यूरो हस्पिटलमा सफल शल्यक्रिया

विराटनगर– विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीय बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ । धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि बुधवार डिस्चार्ज भएको हो । स्पाइनल कर्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिँडडुल गर्न नसक्ने भएर […]

नेकपा एसले भदौ महिनाभर संगठन विस्तार गर्ने

विराटनगर, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) १ नम्बर प्रदेश कमिटी आगामी भदौ महिना संगठन विस्तार र कमिटी निर्माणको काममा केन्द्रित हुने भएको छ । प्रदेश नं. १ कमिटीको आज बसेको सचिवालय बैठकले भदौमा प्रदेशका सबै वडा तहमा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको छ । सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला […]