कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्धारा पत्रकार पौडेल सहित चार जना सम्मानित

विराटनगर, २७ साउन । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले पत्रकार कमल पौडेल सहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने चार जना व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । कृष्णप्रसाद सिग्देलको १३ औं स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले पत्रकारिता तर्फ मकालु टिभीका समाचार प्रमुख पौडेललाई पुरस्कृत गरेको छ । पत्रकार पौडेललाई नगद २१ हजार १११ सहित पुरस्कृत गरिएको […]

थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २७ साउन । देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १२ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार २ सय ९० जनाको पीसीआर र २ हजार ४ सय २२ जनाको एन्टीजेन […]

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट भागेका प्रतिवादी पक्राउ

विराटनगर, २७ साउन । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट फरार बनेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१८ झटियाईका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई पक्राउ गरेको हो । आज दिउँसो १ः१५ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । शौचालय जाने बहाना बनाएर दास […]

उपप्रमुख कार्कीद्धारा रक्षाबन्धनको शुभकामना

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले रक्षा बन्धनको शुभकामना दिनु भएको छ । शुक्रबार (आज) श्रावण शुक्ल पुर्णिमाको अवसरमा हिन्दु धर्मावलम्वीहरुले पवित्र जनै लगाउने दिन, दिदिबहिनी– दाजुभाइ बिचको अटुट सम्बन्धको रुपमा रक्षाबन्धन ( राखी) बाधिने दिन, दिवंगतहरुको गणना गरिने भनेर चिनिने गाइजात्रा र अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उपप्रमुख कार्कीले शुभकामना दिनुभएको […]

आज रक्षा बन्धन, देशभर मनाईदै

विराटनगर, २७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) […]