विराटनगर १७ फागुन । प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ ।
एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर ‘कोशी’ प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन ।
नामकरणका लागि प्रस्ताव दर्ता गराउन प्रदेश १ सचिवालयले दलहरूलाई दिउँसो १ बजे सम्मको समय दिएको छ । यसअघि मध्यान्न १२ बजे सम्मको समयमा एक घण्टा थप गरिएको छ ।
प्रदेशसभामा एमालेका ४० सांसद छन् ।