आप्रवासीको भरोसाको केन्द्र बन्दै पोर्चुगल सहायता कक्ष

युरोप– युरोपेली मुलुक मध्ये अहिले धेरै नेपालीको रोजाइ पोर्चुगल हुने गरेको छ । कारण हो अरु युरोपेली देश भन्दा पोर्चुगल नेपाली लगायत आप्रवासीका लागि अलि बढी उदारवादी देखिएको छ । पछिल्लो समय धेरै नेपालीहरु पोर्चुगल पुग्ने गरेकाछन । तर यहाको भौगोलिकता, भाषा लगायत कागजी प्रक्रियाबारे राम्रोसँग ज्ञान् नहुदा धेरै नेपाली लगायत आप्रवासीहरुले सास्ती बेहोर्नु परेको छ । नेपाली लगायतका आप्रवासीको समस्या मा मल्हम लगाउने काम अहिले पोर्चुगलमा स्थापना गरिएको सहायता कक्ष (Help Desk In Portugal ) ले गरिरहेको छ । यसको स्थापनासंगै धेरै भन्दा धेरै नेपाली लगायत आप्रवासीले सास्ती पाउनबाट मुक्ति पाउँदै गएका छन् ।

नेपालमा सूचना प्रबिधि अध्यन गरेर स्वदेशमा नै केहि गर्छु भन्ने उद्देश्य राखेका बिक्की सुवेदीले आफ्नो पढाइको उचित कदर नहुने देखेर करिब दश बर्ष अघि युरोप छिरे । युरोपको प्रचलित देश पोर्चुगल पुग्दा सुवेदीले सुरुवाती दिनमा धेरै समस्या भोगे । आफन्तको भरोसामा पोर्चुगल पुगेका सुवेदी उनै आफन्तको सहयोग पाउन बन्चित भएको बताउँछन् । आफन्तले नै वेवास्ता गरेपछि चिन्तित भएर पनि हिम्मत भने नहारेको उनको अनुभव छ । उनी भन्छन्–‘म भगवान मान्छु सम्झिए एउटा बाटो बन्द भएपनी अरु बाटो उनै भगवानले देखाउछन ।’ यहि आसा राखेर म आफ्नो कर्म गर्न थाले । यो बिचमा मैले कति समस्या र बाधा झेले भन्ने साध्य छैन । त्यसैले एउटा अठोट गरे मैले जति दुःख भोग्नुपरे पनि अब आउने नेपाली दाजुभाइ तथा दिदीबहिनी लगायत का आप्रवासीले मेरो जस्तो समस्या बेहोर्नु नपरोस म समाधान को सारथि बन्न सकु भन्ने सोचाइ आयो मेरो मनमा उनी भन्छन् ।यस्तै सोचाइ ले मेरो दिमागमा सहायता कक्ष को भाव आयो र यसको जन्म भएको हो ।

सहायता कक्ष अहिले नेपालीहरुको सहाराको सारथी मात्र होइन पोर्चुगलमा रहेका आप्रवासीको भरोसा बनेको छ । पर्याप्त पैसा कमाउने र पारिवारिक सम्पन्नतालाई मजबुद बनाउने उद्देश्यले विदेशिएका सुबेदी अहिले भने समस्यामा परेका नेपालीहरुका साथै अन्यका लागि समेत मलहम भएका छन् ।
पर्वत जिल्लाको कुस्मामा स्थायी घर भएका विक्की हालः युरोपियन मुलुक पोर्चुगलमा बस्छन् । शुरुमा रोजगारीको लागि पोर्चुगल छिरेका उनी अहिले नेपालीहरु मध्य सबैभन्दा कान्छा ब्यवसायीको रुपमा परिचित छन् । करिव एक दशकदेखि ब्यवसायमा सम्लग्न भएका उनले आफ्नो Powerful Prism LDA नामक कृषि कम्पनी स्थापना गरेर संचालनमा ल्याएका छन । सोही कम्पनीमा विभिन्न आप्रबासीहरुलाई रोजगारी दिएका छन् । यसका अलावा सामाजिक सेवामा समेत लागेका सुवेदी को समुहले अन्य दुई कम्पनीको स्थापना गरी करिब तीन हजार ब्यक्तीलाई रोजगारी दिएको छ ।

उनले पोर्चुगलमा स्थापना गरेको “हेल्प डेक्स इन पोर्चुगल” नामक संस्था अहिले एकदमै चर्चामा रहेकोे छ किनभने नेपाली कामदारहरुका लागि अत्यन्तै सहयोगी त छदैछ साथै अन्य आप्रवासीको लागि समेत सो संस्थाले सहयोग गर्ने गरेको छ । रोजगारीको सिलशिलामा पोर्चुगल आएका र समस्यामा परेका आप्रबासीहरुका लागि यो संस्था सारथी नै बनेको त्यहा स्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरुले नै बताउने गरेका छन् । एनआरएनए क्षेत्रीय समिति ओलेन्तेजो पोर्चुगलका उपाध्यक्ष समेत रहेका सुबेदीले हेल्प डेक्स इन पोर्चुगल संचालनमा ल्याएर अफ्ट्यारो परिस्थिति मा रहेका सम्पुर्ण आप्रवासीलाई सजिलो माध्यमबाट सेवा दिने गरेको बताए ।


पैसा कमाउने र सम्पन्न हुने र स्थायी रुपमा बसोबास गर्ने सपना बोकेर पोर्चुगल पुगेका विभिन्न देशका आप्रवासीहरु सुरुवाती दिनमा धेरै नै समस्या मा पर्ने गरेका छन । कारण हो सहयोग गर्ने नाममा दैनिक रूपमा दलालले सिधा सोझा ब्यक्तिहरुलाइ सहजै फसाउने गरेका धेरै उदाहरण छन । बिश्वास गरेर काम गरिदिने बहानामा धेरै नेपाली लगायत आप्रवासीले दुख नपाउन भन्ने उदेश्य राखेर सुबेदीले हेल्पडेक्स इन पोर्चुगल को स्थापना गरेको बताए । उनले सोही संस्था मार्फत उचित रकम लिएर सम्पुर्ण आप्रवासी को पेपर को काम गरिदिने गरेको बताए । उनले भने,‘ संस्थाले कुनैपनि आप्रवासीलाई छुट्टाउदैन यहासम्म आएर संस्थालाई बिश्वास गरेर काम गरिदिन आग्रह गर्ने सम्पुर्णको काम सरल र सहज तरिकाले गरिदिन्छौ । कसैलाई पनि समस्या नहोस भनेर नै हामिले सहायता कक्षको स्थापना गरेका हौ सबैलाई सम्मान भावनाले कदर गरेर काम गरिदिरहेका छौ र आगामी दिनमा अझै उद्वारताका साथ काम गर्ने जमर्काे गरिरहेका छौं ।’ युरोपको सेन्जेन देशहरु मध्ये पोर्चुगल आप्रबासी मामिलामा अलि उदार देश मानिन्छ । जसका कारणले पनि नेपालीहरु लगायत अन्य देशहरुका ब्यक्तिहरुको रोजाई यो देश हुने गरेको छ । त्यसैले अहिले धेरै आप्रवासीको चाप बढेको सुबेदीले बताए ।

पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भाषा रहेको छ । यहाँका हरेक कार्यालयहरुमा भाषा नजान्नेहरुका लागि कुनै पनि काम गर्न सहज छैन । पोर्चुगिसहरु आफ्नो भाषा प्रति ज्यादै कठोर हुन्छन् । कुनै पनि कामका लागि उनीहरु भाषा जान्ने लिएर आउन वा सिकेर आउन सुझाब दिन्छन् । अर्काेतिर आप्रबासीहरुले मिलाउनु पर्ने कागजी प्रकृया जथाभावि हुनाले समेत धेरैलाई समस्या पर्ने गर्दछ । कतिपयले नजानीकनै विभिन्न कुरा बताईदिने र सोही अनुसार आप्रबासीहरुले काम गर्ने कारण धेरैले समस्या भोग्नु नपरोस भनेर नेपाली तथा आप्रबासीहरुलाई सक्दो सहयोग ‘हेल्प डेक्स इन पोर्चुगल’ ले गरिरहेको छ । हेल्प डेक्स इन पोर्चुगल’को स्थापना भए पछि आप्रबासीहरुका लागि डकुमेण्टेशन तथा पोर्चुगलका विभिन्न सरकारी निकायहरुमा पर्ने समस्यालाई न्यूनिकरण र समाधान गर्न यो संस्थाले २४ सै घन्टा सेवा दिने गरेको छ । हेल्प डेक्स इन पोर्चुगल ले हाल अनुमति सहित सहजै प्रबेशको वातावरण बनाउन लिगल इन्ट्री लिने , फिनान्सका सोसल अफिसका सम्पूर्ण कामहरु सहज रुपमा गराउने , बसोबास अनुमति तथा कार्डका लागि सेफ इन्ट्री गर्ने लगाएत परामर्शदाताहरु लगायतको सेवा प्रदान गर्दै आएको सुबेदीले बताए । यदि कोही पनि नेपालीहरु पोर्चुगल आउदै हुनुन्छ भने एकपटक हेल्प डेक्स इन पोर्चुगलसंग समन्वय गरेर मात्र आउन उनले सुझाव दिए । किनभने यहाँ आइसकेपछी समस्यामा पर्नु भन्दा आउनु अगाडि सम्पुर्ण प्रक्रिया बुझाउन समेत हेल्पडेक्स ले सहयोग गर्दै आएको उनले बताए ।