लगातार तीन बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट हटाउने एमालेको निर्णय

विराटनगर ३० वैशाख । नेकपा एमालेले पार्टीको तीन बैठकमा लगातार अनुपस्थित भए केन्द्रीय कमिटीबाट हटाउने निर्णय गरेको छ । शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो । जानकारी पाएर पनि ३ पटकसम्म पार्टीको बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निर्णय एमालेले गरेको हो । सूचना पाएर पनि पार्टीको […]

उद्योग संगठन मोरङको १६ औं अध्यक्षमा सुराना निर्वाचित

विराटनगर ३० वैशाख । उद्योग संगठन मोरङको १६ औं अध्यक्षमा राकेश सुराना निर्विरोध निर्वाचित हुनु भएको छ । आगामी २ वर्षका लागि आज भएको निर्वाचनमा अध्यक्ष सुराना सहित १४ सदस्यीय कार्यसमितिनिर्विरोध निर्वाचित भएको हो । संगठनको बरिष्ठ उपाध्यक्ष पदमा नन्दकिशोर राठी, उपाध्यक्ष (वित्तिय क्षेत्र) पदमा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि/उर्जा/ जलश्रोत) पदमा भोलेश्वर दुलाल र उपाध्यक्ष […]

ज्योेति आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति वितरण

विराटनगर ३० वैशाख । विराटनगर ४ खारजी कोहवराको ज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ । विराटनगर ४ का श्रीप्रसाद गौतमले आफ्ना बुवा, आमा र श्रीमतीको नाममा स्थापना गर्नुभएको ‘भवनाथ–बालकुमारी–जोगमाया अक्षयकोष’ बाट सो विद्यालयको कक्षा ४ मा अध्ययनरत जेहन्दार छात्रा अनु ऋषिदेव र छात्र राज ऋषिदेवलाई नगद ५/५ हजार प्रदान गरिएको हो । सोही […]

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणका सबै अपराधीलाई कारवाही होस् : नेकपा एस

विराटनगर, ३० वैशाख । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले शुक्रबार विराटनगरमा प्रदर्शन गरेको छ । उक्त पार्टीको महानगर कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा सरकारका गृहमन्त्रीलाई खुट्टा नकमाउन भनिएको छ । विरोध प्रदर्शनपछि विराटनगरको बुधहाटचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले नक्कली भुटानी […]

गाउँलेको पैसा खाएर भागेकी भोजपुरकी पूर्वजनप्रतिनिधि पक्राउ

विराटनगर २८ वैशाख । सर्वसाधारण गाउँलेको रकम ठगी गरेर भागेकी एकजना पूर्वजनप्रतिनिधिलाई भोजपुरको दिंलाबाट प्रहरीले पक्राउ गरेको छ । षडानन्द नगरपालिका–८ की पूर्ववडा सदस्य कमला विश्वकर्मालाई भोजपुरको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक अर्जुन पोखरेल नेतृत्वको टोलीले पक्राउ गरेको हो । विश्वकर्मा २०७४ सालको स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । आफैँलाई मत […]