माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदै, कोशी प्रदेशबाट ८० हजार ९३४ विद्यार्थीले परीक्षा दिने

विराटनगर ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन […]

कोशी प्रदेश : एसइइ परीक्षाको सम्पूर्ण तयारी पूरा

विराटनगर, २८ फागुन । कोशी प्रदेशमा एसइइ परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ । चैत ७ गतेदेखि १९ गतेसम्म हुने सो परीक्षाका लागि कोशी प्रदेशमा कुल ८० हजार ९३४ विद्यार्थीहरु सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार […]

बाल संसारको दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर १४ फागुन । विराटनगर ५ को बाल संसार बोर्डिङ स्कुलले आज दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरी देखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कुलका हरेक विद्यार्थीले प्रस्तुती देखाएका थिए । अभिभावकको मायाँकै कारण स्कुल प्रगति गर्न सफल […]

लियो क्लब विराटनगर सेन्ट्रल मेघाले अन्तर कलेज हाजिरीजबाफ गर्ने

विराटनगर १३ फागुन । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा ‘अन्तर कलेज हाजिरीजबाफ’ प्रतियोगिता हुने भएको छ । विराटनगरमा आज क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी गराएको हो । विराटनगरमा फागुन १६ गते हिसान मोरङको सहकार्यमा हुन लागेको अन्तर कलेज हाजिरीजबाफ प्रतियोगितामा १२ वटा निजी तथा सामुदायिक कलेजबीच प्रतिस्पर्धा हुने अध्यक्ष आर्यन बाँस्कोटाले जानकारी […]

विराटनगरको शिक्षादीप कलेजद्धारा उत्कृष्ट विद्यार्थी सम्मानित

विराटनगर १३ फागुन । विराटगर–९ मा रहेको शिक्षादीप कलेजले दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रम वीच उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । कलेजले संचालन गरेको परीक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको कलेजका […]