
विराटनगर १४ फागुन । विराटनगर ५ को बाल संसार बोर्डिङ स्कुलले आज दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरी देखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कुलका हरेक विद्यार्थीले प्रस्तुती देखाएका थिए । अभिभावकको मायाँकै कारण स्कुल प्रगति गर्न सफल भएको प्रिन्सीपल खड्ग राईले बताउनुभयो ।
बाल संसारका विद्यार्थी अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको उहाँले बताउनुभयो । विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले बाल संसारको पठन पाठनसँगै अतिरिक्त क्रियाकलाप राम्रो रहेको बताउनुभयो । बालबालिकालाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन आवस्यक रहेको बताउनुभयो ।
वडा कार्यालयले विद्यालयहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिन आग्रह गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ लगायत विभिन्न स्कुलहरुका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।