एभरेष्ट र डिजी स्कुलबिच सम्झौता : युकेको एनसीसी प्रमाणित कोर्ष पढाई हुने

विराटनगर १० फागुन । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कम्प्यूटर प्रविधिको उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि डिजी स्कुलसँग सहकार्यका लागि सम्झौता गरेको छ । यूकेको एनसीसी सर्टिफाइड (प्रमाणित) डिजी स्कुलको कोर्षलाई आउँदो शैक्षिकसत्रबाट अध्ययापन सुरु गर्न एभरेष्ट स्कुलले सम्झौता गरेको हो । फागुन ७ गते एभरेष्ट कार्निभलको दौरान घोषणा गर्नुभएका प्रिन्सिपल पुरीले तीन दिन […]

एभरेष्ट कार्निभल २.० : श्रेयांश, आरोही र युनिशालाई सिङ्गिङ आइडलको उपाधि

विराटनगर ७ फागुन । एभरेष्ट स्कुल विराटनगर ५ ले आयोजना गरेको एभरेष्ट कार्निभल २.० आज सम्पन्न भएको छ । फागुन ५ देखि सुरु भएको कार्निभल आज विविध कार्यक्रमका साथ सम्पन्न भएको हो । एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले आफूहरुले सिकेका विज्ञानसम्बन्धि विभिन्न अन्वेशणहरुलाई प्रदर्शनीमा राखेका थिए । विभिन्न […]

साहित्यकार केशु विरहीको तेह्रथुमको साहित्यिक इतिहास नामक कृतिको लोकार्पण

काठमाडौँ ६ फागुन । पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादि, काठमाडौमा सम्पन्न कार्यक्रममा विरहीको पछिल्लो नवौँ कृतिको लोकार्पण गरिएको हो । लोकार्पणपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहरी विकास मन्त्री सीता गुरुङले साहित्यिक कृति त्यसमा पनि अनुसन्धानात्मक लेख्न निकै कठिन […]

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता : सरस्वती र सत्यनारायण स्कुल विजयी

विराटनगर ६ फागुन । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती मावि र सत्यनारायण मावी विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकाडेमीलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १७ ओभर ८ विकेट […]

महानगरद्वारा विज्ञान प्रदर्शनी आयोजना

विराटनगर ६ फागुन । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएकाछन् । कार्यक्रमलाई सम्बोधन गर्दै […]