कोशीका मुख्यमन्त्री कार्कीले भोली विश्वासको मत लिने

विराटनगर ३० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि सोमबार विश्वासको मत लिने हुनु भएको छ । वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबार विश्वासको मत लिने हुनु भएको हो । मुख्यमन्त्रीमा नियुक्त भएकै दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गराउनु भएको थियो । […]

श्रम अधिकार र पुनः एकिकरणमा देखिएको चुनौती विषयक अन्तरक्रिया

विराटनगर, ३० बैशाख । वैदेशिक रोजगारबाट फर्केका महिलाहरुले अहिले पनि सामाजिक लाञ्छना व्यहोर्नु परिरहेकोले समाजमा पुनस्र्थापना गराउन सोच परिवर्तन र समाज रुपान्तरणको आवश्यकता रहेको धारणा राखेका छन् । आज विराटनगरमा ओरेक नेपालले आयोजना गरेको श्रम अधिकार र पुनः एकिकरणमा देखिएको चुनौती विषयक अन्तक्रिर्या कार्यक्रममा वोल्दै सहभागिहरुले विदेशमा घरेलु कामदारका रुपमा काम गरेर आर्थिक रुपमा केही […]

नेपालमा बाँझोपन संवन्धी समस्या बढ्दो

विराटनगर २९ बैशाख । नेपालमा बाँझोपन संवन्धी समस्या बढ्दै गएको पाईएको छ । नेपालमा बाँझोपन संवन्धी एकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रुपमा रहेको सरोकारवालाहरुको भनाई छ । चेतनाको कमी, ढिलो विवाह, बढ्दो विदेशिने क्रम, उपचारमा सीमितको पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक कलंक ठान्ने जस्ता कारणले नेपालमा बाँझोपन भयावह बन्दै गएको पाईएको हो । यौन तथा […]

सन् २०२५ भित्रमा कोशी प्रदेशलाई बालविवाह मुक्त गर्ने लक्ष्य पुरा नहुने

विराटनगर २९ बैशाख । कोशी प्रदेश सरकारले सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश बनाउने लक्ष्य पुरा नहुने देखिएको छ । नेपाल सरकारले सन् २०३० भित्रमा बालविवाह मुक्त गर्ने लक्ष्य लिएपनि तत्कालिन प्रदेश सरकारले सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश बनाउनका लागि सन् २०२० बाट अभियान समेत शुरु गरिसकेको थियो । कोशी प्रदेशमा सरकारको स्थायीत्व नहुँदा […]

एभरेष्ट कलेजले गर्यो कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई

विराटनगर २८ वैशाख । विराटनगर – ५ मा रहेको एभरेष्ट कलेजले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । कलेजमा अध्ययनरत कक्षा १२ को आठौं ब्याचको १ सय ७४ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी विदाई गरेको हो । कार्यक्रममा कलेजका अध्यक्ष विनोद ढकाल, प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल […]