काेशी प्रदेशका नवनियुक्त मन्त्रीहरूकाे सपथ ग्रहण

विराटनगर २२ पुस । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिशमा प्रदेशको मन्त्रिपरिषद हेरफेर गर्नुका साथै आज साँझ सपथ ग्रहण गराउनु भएको छ। प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा मिति २०८१ बैशाख २७ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरेफेर र कार्यविभाजन […]

काेशी प्रदेशकाे मन्त्रिपरिषद् पुनर्गठन हुँदै, नवनियुक्त मन्त्रीहरूकाे आजै सपथ

विराटनगर २२ पुस । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दैहुनुहुन्छ। गठबन्धनमा रहेका कांग्रेस र एमालेले हाल नेतृत्व गरिरहेका मन्त्रालयमा नयाँ अनुहार पठाउने दुवै दलवीच सहमति भएकाे छ । एमालेबाट संखुवासभाका विदुर लिङथेप, आर्थिक मामिला तथा योजना, झापाका चिन्तन पाठक खानेपानी सिँचाइ तथा ऊर्जा र धनकुटाका इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन, […]

त्रिभुवन माविका  विद्यार्थी खवासलाई उपचार सहयोग हस्तान्तरण

विराटनगर २२ पुस । मोरङको रङ्गेली नगरपालिका — १ स्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी मनिष खवासको उपचारका लागि ४२ हजार सहयाेग हस्तान्तरण गरिएको छ । गत शुक्रबार  भलिबल खेल्ने क्रममा दाहिने हात भाँचिएका खवासको उपचारका लागि  साेही विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारकाे तर्फबाट ३२ हजार चार सय १०  र […]

समानुपातिकतर्फ बन्दसूची पेस गरेका ६४ दलकै बन्दसूची मिलेन

विराटनगर २२ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ बन्दसूची पेस गरेका ६४ वटै दलकै बन्दसूची नमिलेको पाइएको छ । निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुस १३ र १४ गते गरी दुई दिनको समय सीमाभित्र ५४ वटा दलले ५८ वटा निर्वाचन चिन्हमा भाग लिने गरी पेस […]

कोशी प्रदेशमा १४ मुख्यनिर्वाचन अधिकृत २८ निर्वाचन अधिकृत नियुक्त

विराटनगर २१ पुस । प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी फागुन २१ का लागि तय भएको निर्वाचनका नियुक्त भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतहरु नियुक्त गरेको हो । कोशी प्रदेशका १४ जिल्लाका मुख्य निर्वाचन अधिकृत र २८ निर्वाचन अधिकृतहरुको नामावली । […]