विराटनगर ३ असोज । कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढिरेहको बताउनुभयो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, […]
विराटनगर २ असाेज । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ले बिश्वासको मत प्राप्त गर्नु भएको छ । दुई तिहाई मत सहित उहाँले बिश्वासको मत प्राप्त गर्नु भएको हो ।मत बिभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। त्यस्तै नेकपा एस समाजबादिका जनाले २ […]
विराटनगर २ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सकारात्मक सन्देश भएको बताउँदै विश्वास मत दिन आग्रह गर्नुभएको छ । कोशी प्रदेश सभामा बुधबार विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बनेको यो छोटो अवधिमा सरकारले राम्रा कामको सुरुवात गरेको बताउनुभयो । ‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केहि सकारात्मक संदेश प्रवाह गर्ने […]
विराटनगर २ असाेज । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ । अस्पतालका महाप्रबन्धक दिपेश राईका अनुसार क्यान्सर उपचारका लागि निर्मित नयाँ भवनमा रेडिएसन थेरापी सेवा सुरु गरेको हो । महाप्रबन्धक राईले तीन अर्ब लगानीमा रेडिएसन थेरापीका लागि बङ्कर सहितको भवन र अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिएको जानकारी दिनुभयाे। नोवेलमा दैनिक बहिरङ […]
विराटनगर २ असाेज । कोशी प्रदेशका नवनिर्वाचित प्रदेश संसदीय समितिका सभापतिहरुलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई ज्ञापन गर्नु भएको छ । लामो समयदेखि सभापति चयन हुन नसकिरहेको अवस्थामा मुख्यमन्त्री कार्कीकै पहलमा समितिका सभापतिहरु चयन भएका थिए । ७ समिति मध्ये ३ समितिमा नेपाली काँग्रेस, ३ मा नेकपा एमाले र एउटा समितिमा माओवादी केन्द्रले सभापति लिएको छ […]