नेपाल विजनेस कलेजका विद्यार्थीद्धारा नव आगन्तुक विद्यार्थीको स्वागत

विराटनगर २७ पुस । विराटनगर ११ स्थित नेपाल विजनेस कलेजका विद्यार्थीले नव आगन्तुक विद्यार्थीलाई आज स्वागत गरेका छन् । इस्र्टन स्टार होटलमा आज आयोजित कार्यक्रममा वीवीए पाचौं सेमेष्टरका विद्यार्थीले एमवीए, वीवीए, वीआईटी, वीएचएममा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष डा. भेषप्रसाद धमलाले स्वागत कार्यक्रमले सिनियर र जुनियर विद्यार्थीहरुवीच अन्तरघुलन हुने बताउनुभयो । विद्यार्थी स्वागत कार्यक्रमले विद्यार्थीहरुवीचमा आत्मीयता बढ्ने बताउनुभयो । कलेज व्यवस्थापन समितिका सदस्य कविराज न्यौपानेले नेपालको अवको भरोसा भनेको यूवापुस्ताहरु भएको बताउनुभयो । जेनजी आन्दोलनपछि देश विकासमा यूवाहरुप्रति भरोसा बढेको उहाँले बताउनुभयो ।

कलेजका प्रवन्ध निर्देशक दीपक कोइरालाले ‘लर्निङ एण्ड डुइङ’ कार्यक्रम अन्र्तगत नव आगन्तुक विद्यार्थीका लागि स्वागत कार्यक्रम विद्यार्थीहरुले नै आयोजना गर्ने गरेको बताउनुभयो । कलेजका विभिन्न कार्यक्रमहरु विद्यार्थीहरुले ने आयोजना गर्ने उहाँले बताउनुभयो । विद्यार्थीको आयोजनामा साना देखि ठुला ( परियोजनामा आधारित) कार्यक्रमहरु सञ्चालन हुने उहाँले बताउनुभयो ।

१२ वर्ष अघि स्थापना भएको नेपाल विजनेस कलेजमा अहिले ३५० विद्यार्थी अध्ययनरत छन् । हालसम्म विभिन्न संकायका ३ सय विद्यार्थीले कलेजको अध्ययन पुरा गरिसकेको प्रवन्ध निर्देशक कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुशार अध्ययन पुरा गरेका ७४ प्रतिशत विद्यार्थीहरु कोही नेपालमा जागिरमा रहेको र केही थप अध्ययनका लागि विदेश गएका छन् ।

कर्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य हरिहर भण्डारी, एकाडेमीक डाईरेक्टर वेदराज आचार्य, विद्यार्थी सम्पदा खनाल लगायतले नव आगन्तुक विद्यार्थीको स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतको प्रस्तुती दिएका थिए ।