विराटनगर १४ भदाै । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको प्रदेश संसदीय दलको बैठकपछि शुक्रबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन कायमै राखेर माओवादी गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिएको छ […]
विराटनगर १३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख पुर्याउने बताउनु भएको छ । कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पताल बीच आजसम्झौता पत्र हस्ताक्षर समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पौडेलले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम रु ३१ अर्वलाई […]
विराटनगर १३ भदौ । विराटनगर १ पोखरियाका पंं. भीमप्रसाद अधिकारीका तीनवटा पुस्तकको आज विमोचन गरिएको छ । ८९ वर्षीय अधिकारीका कृतिहरु सनातन धर्मगुटिका, जीवन दर्पण साथै हरिलीलाको दर्शन र श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद गरिएको पुस्तककको विमोचन गरिएको हो । श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद पं. अधिकारीसँगै धर्माचार्य कृष्णप्रसाद गुराँगाईले गर्नु भएको थियो । तीनवटै पुस्तकको लेखक […]
सुनसरी १३ भदाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोशी गाउँपालिकामा निर्माणाधीन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गर्नुभएको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको आयोजनाको पहिलो चरणको काम भइरहेको छ । यो परियोजना कोशी व्यारेज पूर्वपट्टी पुर्वपश्चिम राजमार्गमा रहेको छ । २२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन सेन्टरमा १ सय ७५ वटा बस […]
विराटनगर १२ भदौ । कोशी प्रदेश सरकारले यस पटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । ५ सय १ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले दिवसको तयारी थालेको हो । मुख्यमन्त्री कार्कीले यस पटकको संविधान […]