भारोत्तोलन संघ मोरङको अध्यक्षमा चिनाकाजी थापा

विराटनगर ६ साउन । मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन भएका छन् ।

विराटनगरमा मंगलबार भएको साधारणसभाबाट थापाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन भएको हो । समितिको उपाध्यक्ष प्रेमबहादुर खड्का, सचिव ध्रुवकुमार प्रधान, कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठ चयन हुनु भएको छ ।

समितिको सदस्यमा दीपेन्द्र थापा, शुभाषिस कोइराला, ज्योतिप्रसाद पौडेल, पर्शुराम निरौला र प्रवित राजवंशी सर्वसम्मत चयन हुनु भएको छ ।

नेपाल भारोत्तोलन संघका केन्द्रीय प्रतिनिधि अशोक शाहीको अध्यक्षता तथा मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य श्री डिल्लीराम डाँगीको उपस्थितिमा तदर्थ समिति चयन भएको हो ।