
विराटनगर ७ साउन । नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र, केन्द्रिय समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशनले मखनलाल सरदारको सभापतित्वमा मंगलवार पदाधिकारी सहित ४० जना केन्द्रीय सदस्य समितिले सपथ ग्रहण लिएका छन् ।
सप्तरी जिल्लामा आयोजित सपथ ग्रहण कार्यक्रममाका बीच सरदारको सभापतित्वमा उनीहरुले मंगलवार सपथ ग्रहण लिएका हुन् ।
नव निर्वाचित कार्य समतिका पदाधिकारहरुलाई बाँतर जातिको पाँचौ राष्ट्रिय महाधिवेशनका निर्वाचन समितिका संयोजक रमेश कुमार सरदारले सपथ ग्रहण गराउनुभएको थियो ।
सपथ ग्रहण गर्नुहुँदै सभापति सरदारले बाँतर जातिको उत्तथान र मौकि अधिकारका लागि नीति तथा कार्य योजना बनाएर अगाडी बढाउने प्रतिवद्धता व्यक्तगर्नुभयो । त्यस्तै सह–अध्यक्ष शुभाष सरदार, बरिष्ठ उपाध्यक्ष चन्द्रेश्वर सरदार र महा–सचिव पदमकुमार सरदारलगायतले बाँतर जातिको धर्म संकृतिक संरक्षण र विभिन्न सचेतना मुलक, शिक्षा, स्वास्थ्य मुलक कार्य योजना बनाएकार बाँतर जातिको उत्थानमा लाग्ने प्रतिवद्धता व्यक्तगर्नुभएको थियो ।
पाँचौ राष्ट्रिय महाधिवेशनले सभापति मखनलाल सरदारको सभापतित्वमा सहअध्यक्ष सुभाष कुमार सरदार, वरिष्ठ उपाध्यक्ष चन्दे्रश्वर सरदार, महासचिव पदम कुमार सरदार, उपाध्यक्ष लक्ष्मी सरदार, उपाध्यक्ष दिलिप सरदार, सचिब सोनेलाल सरदार, सह–सचिब रामलाल सरदार, कोषाध्यक्ष कबिता माझी बाँतर, केन्द्रिय सदस्यहरुमा बेचनी देबि सरदार, ईनरदेबी सरदार, अमिरका सरदार, रुधनी देबि सरदार, मालो देबि सरदार, पारो देबि सरदार, लक्ष्मिनारायण सरदार, लालबिर सरदार, कैलाश सरदार, भोला सरदार, चतुर सरदार, सुरेश प्रसाद सरदार, रामराज सरदार, दुर्गा सरदार, केशब सरदार, श्रवन कुमार सरदार, श्रवण लाल सरदार, तुलसी सरदार ( कटहरी ) तुलसी सरदार ( ग्रामथान ) सम्पत सरदार, बिक्रम सरदार, देबेन्द्र सरदार, राम कुमार सरदार, शिवानन्द सरदार, रेखा देबि सरदार, सजनलाल सरदार, बिरेन सरदार, उपेन्द्र सरदार, रामप्रित सरदार, दिलिप कुमार सरदार, रामलखन सरदारलाई सर्वसहमतले चयन गरेको छ ।
नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र, केन्द्रिय समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशन सुनसरी जिल्लाको इटहरी नगरपाकिामा गत असार ७ र ८ गते मोहनलाल सरकार र चन्द्रदेव सरदारको अध्यक्षतामा महाधिवेशन सम्पन्न भएको थियो ।
महाधिवेशनले ४० जनालाई सर्वसहमतले चयन गरेको छ, भने ११ जना सदस्यलाई अबक मनोनित गरी केन्द्रीय समितिमा ५१ जनाको कार्य समिति रहने प्रवधान रहेको महासचिव सरदारले जानकारी दिनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीलगायतले पाँचौ राष्ट्रिय महाअधिवेशनको शुभकामना व्यक्तगर्नुभएको थियो ।