चर्च ब्वाईजलाई हराउँदै एपीएफ सेमिफाइनलमा

विराटनगर २० चैत । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार राती सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो । […]

शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन

विराटनगर, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनेले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बत्रु पर्ने बताउनुभएको छ । राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘ जनजागरण सभा’लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष लिङ्देनले अवस्था बदल्न, व्यवस्था बदल्नका लागि सरकारलाई ४० बुंदे मागपत्र बुझाएको स्मरण गराउँदै देशमा […]

विराटनगर ‘मध्यक्षेत्र’ मा फोहोरमैला ब्यवस्थापनमा सुधार

विराटनगर १८ चैत । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रको फोहोरमैला ब्यवस्थापनका लागि तीन वटा क्षेत्र विभाजन गरि काम गरिरहेको छ । विराटनगर १ देखि ५ र १९ लाई उत्तरी क्षेत्र, ६–११ मध्य क्षेत्र र १२–१८ दक्षिण क्षेत्र विभाजन गरि फोहोरमैला ब्यवस्थापनको काम गरिरहेको छ । मध्यक्षेत्रमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालले काम गरिरहेको छ । […]

मेडिकल उपकरण खरिद प्रकरणमा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालिन निर्देशक मेहता सहित ६ जना विरुद्ध अख्तियारमा मुद्धा दायर

विराटनगर १८ चैत । मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, खोप अधिकृत उदेशकुमार श्रेष्ठविरुद्ध […]

पूर्वाञ्चलको उपकुलपतिका लागि चैत २७ बाट कार्ययोजना प्रस्तुतीकरण हुने

विराटनगर १८ चैत । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि चैत २७ बाट उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने भएको छ । उपकुलपतिको नाम सिफारिश गर्न गठित छनोट समितिका अनुसार १७ जना उम्मेदवारको चैत २७, २८ र २९ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । पहिलो दिन, चैत २७ मा शुभनारायण पाठक, […]