विराटनगर कार्यपालिकामा सत्तागठबन्धन पराजित, एमाले–स्वतन्त्र विजयी

विराटनगर, २१ जेठ । विराटनगर महानगरपालिकाको शनिबार सम्पन्न कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । ९७ मतदाता सदस्य मध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका छन् । कार्यपालिकामा अल्पसंख्यक तर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र […]

बुढीगंगा कार्यपालिकामा एकल बहुमत भएको कांग्रेस पराजित

विराटनगर, १९ जेठ । स्थानीय तहको निर्वाचनमा एकल बहुमत जितेको नेपाली काँग्रेस आन्तरिक विवादको कारण मोरङको बुढीगंगा गाउँकार्यपालिका निर्वाचनमा पराजित भएको छ । गाउँपालिकाका निर्वाचित भएका ३७ जनप्रतिनिधिमध्ये अध्यक्ष, उपाध्यक्ष, ५ वडाध्यक्षसहित २२ जना काँग्रेसबाट निर्वाचित भएका थिए । यस्तै नेकपा एमालेबाट १ वडाध्यक्षससहित १० जना र माओवादी केन्द्रबाट १ वडाध्यक्षसहित ५ जना निर्वाचित भएका […]

एमालेमा लाजमर्दो अन्तरघात भयो : अध्यक्ष ओली

विराटनगर, ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दाे अन्तरघात भएको बताउनु भएको छ । संसदीय दलको बैठकमा ओलीले अरु दलमा नदेखिएको अन्तरघात पार्टीभित्र देखिएको बताउनुभयो ।चुनाबमा एमाले नहारेको पनि उहाँले बताउनुभयो । एमालेले मेयर भन्दा उपमेयर धेरै जितेको नतिजा प्रस्तुत गर्दै अध्यक्ष ओलीले उपमेयर पनि मेयर बराबर नै भएको […]

विराटनगरमा कांग्रेसको विजयोत्सव ( फोटो फिचर)

विराटनगर, ८ जेठ । नेपाली कांग्रेस महानगर समितिको आयोजनामा आज विराटनगरमा भव्य विजय र्याली निकालिएको छ । महानगर प्रमुखमा निर्वाचित नागेश कोइराला, वडाध्यक्षहरु, सदस्यहरु सहभागि भएको र्यालीका कांग्रेस नेताहरु डा. शेखर कोइराला, डिला संग्रौला, अमृत अर्याल लगायतका नेताहरु सहभागि भएका थिए । कांग्रेसले महानगर प्रमुख सहित ६ वडाध्यक्ष जितेको छ ।

मोरङको रंगेलीमा एमालेको ऐतिहासिक जित, एक सदस्य बाहेक सवै एमालेका उम्मेदवार निर्वाचित

विराटनगर, ८ जेठ । मोरङको रंगेलीमा एमालेले ऐतिहासिक जित निकालेको छ । रंगेली नगरको ४७ पदको लागि भएको निर्वाचनमा एमालेले एक सदस्य बाहेक सवै पदमा विजयी भएको छ । वडा नम्वर ६ को एक सदस्य जसपाले जितेको छ । ९ वटा वडा रहेको रंगेलीमा एमालेले वडा नम्बर ६ मा एक सदस्य पद गुमाउनु बाहेक सवै […]