भ्रष्टाचार नियन्त्रण र सुशासन कायमबाट समृद्धि आउने : राप्रपा नेपाल अध्यक्ष थापा

विराटनगर २३ माघ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गरेमा समृद्धि आउने बताउनु भएको छ ।

आज विराटनगरमा राप्रपा नेपाल मोरङद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले जनताले दण्डहिनतानको अन्त्य र विकासको अनुभूति गर्न परिवर्तन खोजेको धारणा राख्नु भयो । अध्यक्ष थापाले हिन्दु राष्ट्र , संवैधानिक राजतन्त्र र सुदुढ स्थानीय तहको लागि पार्टीले आन्दोलनको घोषणा गर्ने बताउनु भयो । कुमार ढकाल र माधव थापाले सरकारले भ्रष्टाचार नियन्त्रण गरि जनतालाई राहत दिनु पर्ने सुझाव दिनु भयो ।

सो अवसरमा अध्यक्ष थापाले नेकपा माओवादी केन्द्र, राप्रपा एवं अन्य विभिन्न पार्टी परित्याग गर्नेलाई स्वागत गर्नु भएको थियो ।