कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन

विराटनगर २३ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ८० बर्षीय केशवकुमार बुढाथोकीको गएराती निधन भएको छ । विराट मेडिकल कलेजमा उपचारकै क्रममा सोमबार राति ११ः३० बजे निधन भएको हो ।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मिर्गाैलामा समस्या आएका कारण उपचाररत हुनुहुन्थ्यो । झापा काँग्रेस वृत्तमा सेतो बाघ उपनामले चर्चित झापा शनिश्चरे निवासी बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री हुनु भएको थियो ।

पार्टी भित्र आफ्ना विचार स्पष्टसंग राख्न सक्ने र सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने धारणा भएका नेता बुढाथोकीको निधनसंगै कांग्रेसलाई ठूलो क्षति पुगेको कांग्रेस नेताहरुको भनाई छ ।