विराटनगर १३ वैशाख । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताउनु भएको छ । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको बताउनुभयो । “यी सबै अराजकताबाट बाहिर […]
विराटनगर १२ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताउनुभयो । उहाँले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको […]
काठमाण्डौं ५ वैशाख । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले करिब ६ महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दाे विषय भएको बताउनुभयो । सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ भन्ने प्रश्नसमेत उहाँले गर्नुभयोे […]
विराटनगर २ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताउनु भएको छ । नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशमा आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले देशका कुनै पनि क्षेत्र सही तरिकाले हिंड्न […]
विराटनगर २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ । सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले निलम्बन गरेको हो । पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी तत्कालको लागि निलम्बन गरेको हो । रास्वपा संसदीय दलका […]