विराटनगर १३ कात्तिक । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आगामी मंसिर २२ गते हुने भएको छ । नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा बसेको पूर्ण बैठकले केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विराटनगरमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र आर्थिक प्रस्ताव तयारीका […]
विराटनगर १२ कात्तिक । सर्वाेच्च अदालतले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ । अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालय भवन निर्माण यथास्थितिमा राख्ने […]
विराटनगर १० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ । नेकपा एमाले धनकुटाको स्थानीय विकास विभागले आज जिल्ला सदरमुकाममा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्ववीच जिल्ला स्तरिय प्रशिक्षात्मक तथा मध्यावधि समिक्षा गोष्ठीलाई संवोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गर्नु भएको […]
विराटनगर, ८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विशेष परिस्थितिमा बनेको वर्तमान सरकारले काम तीव्रगतिमा गर्नु पर्ने बताउनुभएको छ । विराटनगर स्थित निजी निवासमा नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले मुलुकमा राजनीतिक र सरकारको स्थिरता कायम गर्न बनेको यो सरकारप्रति जनताको आशा र भरोसा रहेको कुरामा जोड दिनुभयो […]
विराटनगर ७ कात्तिक । आगामी मंसिर १६ गते मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा एमालेमा ११ जना आकांक्षी देखिएका छन् । गत स्थानीय तह निर्वाचिनमा अध्यक्षमा पराजित पूर्व गाउँपालिका अध्यक्ष सहित ११ जना आकांक्षी देखिएका हुन । आज ग्रामथान २ झोराहाटमा बसेको पालिका कमिटी बैठकमा पूर्व अध्यक्ष शिवनारायण माझी, तुलशीराम विश्वास, कृष्णकुमार […]