


विराटनगर, ८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विशेष परिस्थितिमा बनेको वर्तमान सरकारले काम तीव्रगतिमा गर्नु पर्ने बताउनुभएको छ ।
विराटनगर स्थित निजी निवासमा नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले मुलुकमा राजनीतिक र सरकारको स्थिरता कायम गर्न बनेको यो सरकारप्रति जनताको आशा र भरोसा रहेको कुरामा जोड दिनुभयो । उहाँले सरकारसँग समय धेरै कम भएकाले जनताका चासो र विकासमा तीव्रता दिनु पर्ने धारणा राख्दै मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको प्रतिक्रिया दिनुभयो ।
नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्खीयता चाहिने जिकिर गर्दै सरकारले सङ्खीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राख्नु भयो ।
दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको भन्दै नेता कोइरालाले भत्रुभयो, ‘ बैंकमा पैसा छ उद्योग, व्यापार गर्न क्रृण लिन नचाहने विषयको खोजी हुनु पर्छ ।’ उहाँले भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले सामाजिक क्षेत्रमा गरेको काम राम्रो भएपनि नेकपा एमालेलाई दिएको जग्गा स्वीकार नगरेको भए राम्रो हुन्थ्यो भत्रुभयो ।
नेपाली कांग्रेस न्यायालयको फैसलालाई सर्वोपरि मान्दै आएको चर्चा गर्दै उहाँले भत्रुभयो, ‘ आफू प्रदेशमा भाग नखोजेको र आफ्ना समूह तथा समर्थकको सोचमा ध्यान दिएको छु ।’ नेपालको परराष्ट्र नीतिमा एकरुपता हुनु पर्ने उहाँको धारणा थियो ।

