सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ

विराटनगर, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न मेहनत गर्नै आवश्यक नरहेको बताएका हुन् । ‘दुईवटा प्रमुख […]

सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गर्यो : पूर्व प्रधानमन्त्री भट्टराई

विराटनगर ५ कात्तिक । नेपाल समजावादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाउनु भएको छ । आफूले भ्रष्टाचार गर्दिनँ भन्ने व्यक्तिहरूले नै ठूलठूला भ्रष्टाचार गर्ने र एउटा भ्रष्टाचारको बाहनामा अर्काे व्यक्तिलाई थुन्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । पोखरामा सोमबारदेखि सुरू भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष […]

पूर्वगृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा

विराटनगर ३ कात्तिक । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो । राती करिब पानै ३ वजे कार्यालय प्रवेश गराइएको बताईएको छ । […]

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

विराटनगर, २१ असोज । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् […]

एमाले विराटनगर कमिटीको शुभकामना आदान – प्रदान कार्यक्रम

विराटनगर १९ असोज । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको चाडपर्व लक्षित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा आउँदै गरेको चाडपर्व लक्षित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । महानगर संगठन कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा […]