प्रदेश योजना आयोगका उपाध्यक्ष, सदस्यहरूको सपथ ग्रहण

विराटनगर,२६ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई शुक्रबार पद तथा गोपनियताको सपथ गराउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लोक्सोमसहित सदस्यहरूलाई सपथ गराउनुभएको हो । उपाध्यक्ष लोक्सोमसहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र […]

निर्वाचन आचार संहिता लागू , के–के गर्न पाईने छैन ?

विराटनगर, २५ चैत । स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति देखि लागू भएको जनाएको हो । आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । दल वा उम्मेदवारले आधिकारिक पेजमा […]

माधव नेपालको पार्टीले तीन सिट पनि जित्दैन : केपी ओली

विराटनगर, २५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिनु भएको छ । अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएका प्रचण्ड र २३ सिट दिएका माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त […]

मोरङमा काँग्रेस बाहेकको गठबन्धनको तयारी

विराटनगर, २५ चैत । मोरङमा नेपाली काँग्रेस बाहेकको गठबन्धनको तयारी गरिएको छ । जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले काँग्रेसबाहेकको गठबन्धन बनाएर अघि बढ्ने तयारी गरेको नेताहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले काँग्रेसले गठबन्धनको नीति नमान्दा अर्को गठबन्धन स्वाभाविक हुने उहाँले बताउनुभयो । माओवादी केन्द्रका […]

विकास निर्माणमा राजनीति नगरौं : गच्छदार

विराटनगर, २५ चैत । नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विकास निमार्णको काममा राजनीति गर्न नहुने वताउनु भएको छ । सुनसरीको वर्जु गाउपालिका वार्ड न ४ मा निर्माण गर्न लागिएको वर्जु आधारभुत अस्पतालको आज शिलान्यास गर्नुहुदै उहाले संघियता कार्यान्वयनसंगै हरेक पालिकामा विकास निमार्णको कामले गति लिएको वताउनुभयो । संघियतालाई वलियो वनाउन जनचाहना अनुरुप […]