विराटनगर ९ कात्तिक । विराटनगरमा भोलिदेखि राष्ट्रिय क्रिकेट प्रतितियोगिता शुरु हुँदैछ । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । आगामी कात्तिक २१ गतेसम्म गिरीजाप्रसाद कोइराला क्रिकेट मैदान वैजनाथपुर र मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता हुने कोशी प्रदेश क्रिकेट संघका सचिव टीकाराम पुरीले जानकारी दिनुभयो […]
विराटनगर १२ असाेज । माेरङकाे ग्रामथानमा प्रथम रविदानन्द चाैधरी स्मृति कप भेट्रान फुटबल प्रतियाेगिता हुने भएको छ । नेताचाेक टाईगर क्लव ग्रामथानकाे आयोजनामा शिक्षासेवी रविदानन्द चाैधरीकाे स्मृतिमा लिग कप नक आउट प्रतियोगिता गर्न लागिएको क्लवका सल्लाहकार ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयाे । ४० वर्ष नाघेका खेलाडीकाे प्रतिभालाई उजागर गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको बताउनुभयाे । शनिबार […]
विराटनगर २६ भदाै। कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ । आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले कार्यालयको उद्घाटन गर्नु भएको हो । मन्त्री राईले भवन उद्घाटन गर्दै बोर्डका सदस्य […]
विराटनगर १६ भदौ । कोशी प्रदेशले एन्फा महिला लिगमा सानदार जित हासिल गर्दै सुखद् सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० ले पराजित गरेको हो । जितसँगै कोशीले तीन अंक जोडेको छ । कोशीको जितमा समीक्षा मगरले दुई गोल गरिन् । यस्तै, सन्जुमाया तामाङले एक गोल गर्दा […]
विराटनगर १२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदका विभिन्न विधाहरुमा आगामी तीन वर्ष भित्र प्रथम स्थानमा पुर्याउनेतर्फ लाग्ने बताउनु भएको छ । प्रदेश खेलकुद विकास वोर्डद्वारा यही भदौ १६ गतेदेखि काडमाण्डौमा हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा भाग लिने कोशी महिला टीमलाई आज यहाँ आयोजित विदाई एवं शुभकामना कार्यक्रममा खेलाडीहरुलाई खेदकुद सामाग्री एवं […]