विराटनगर १ माघ। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदान शुरु हुने भएको छ ।
आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको हो ।
फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले विराटनगर र कोशी प्रदेशकै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयाे । उहाँले प्रदेशमा पहिलो पटक नयाँ ढंगबाट सबैलाई समेट्ने तरिकाले प्रतियोगिता आयोजना गर्न विराटनगरमा क्रिकेटको लिग हुन लागेको बताउनुभयाे।
प्रतियोगिताका मोरङका ८ वटा क्लवलाई दुई समुहमा विभाजन गरेर खेलाईले छ । लिगको आधारमा खेलाइने खेलमा दुवै समुहबाट टप हुने टिम विच माघ १० गते फाइनल खेल हुने अध्यक्ष श्रेष्ठले बताए ।
प्रत्येक टोलीमा यु १६ का १ जना, यु १९ का २ जनाका साथै मोरङ जिल्ला बाहिर तर कोशी प्रदेशभित्रका अन्य जिल्लाको कम्तीमा २ जना र बढीमा ३ जना खेलाडी अनिवार्य राख्नु पर्ने प्रावधान बनाएको बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘विराटनगरको मात्रै नभई कोशी प्रदेशकै क्रिकेट खेलको विकास हुन्छ भन्ने अपेक्षा लिएर पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।
कोशी प्रदेश क्रिकेट एसोसिएसनका अध्यक्ष सर्वजितराज पाण्डेले प्रदेशमा नवीनतम प्रयोग गर्न लागेको जानकारी दिए । उनले यो लिगमा विराटनगर वा मोरङकै मात्रै नभई कोशी प्रदेशका अन्य जिल्लाबाट प्रतिनिधित्व होस् भनेर सहभागी क्लबमा अन्य जिल्लाका खेलाडीको अनिवार्यता गरेका छौं ।
क्रिकेटको गतिविधि शून्य भएका अवस्थामा दुवै संस्थाबीच सहकार्यमा प्रतियोगिताको सुरुवात गर्दै प्रदेशभर गर्ने योजना बनाएका छौं । जसले गर्दा क्रिकेटको गतिविधि चलायमान हुन्छ । यसले भविष्यमा कोशीको प्रतिनिधित्व गर्न सक्ने एउटा टिम तयार हुन्छ भन्ने अपेक्षाका साथ प्रतियोगिता गर्न लगेको पाण्डेले बताए ।
प्रतियोगितामा करिव २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोतिामा समुह ए मा मिल्स क्रिकेट एकाडेमी, विराटनगर क्रिकेठ एकाडेमी, इलाइट क्रिकेट एकाडमी र विराटनगर क्रिकेट क्लव एकाडेमी रहने छ भने समुह वि मा लाइन्स क्रिकेट एकाडेमी, कटहरी क्रिकेट एकाडेमी, सिद्धार्थ क्रिकेट एकाडेमी र डाइनामिक क्रिकेट एकाडेमी रहजे आयोजकले जनाएको छ ।