१५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु

विराटनगर २४ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ । आज विराटनगर स्थित शहिद रंगशालामा प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागितामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको हो । छनोट प्रतियोगितामा ११ जिल्लाबाट भलिबल, कबड्डी, कराते, […]

‘जिराे’ लेभल अम्पायर तथा स्कोरर तालिम

विराटनगर १९ जेठ । नेपाल क्रिकेट संघको आयोजनामा विराटनगरमा सञ्चालित तीन दिने ‘जिराे’ लेभल अम्पायर तथा स्कोरर तालिम सम्पन्न भएको छ । जेठ १५ देखि १७ गतेसम्म सञ्चालन भएको तालिममा कोशी प्रदेशका ११ वटा जिल्लाबाट ३५ जना सहभागी भएका थिए । सहभागीहरूमा धनकुटा, संखुवासभा, मोरङ, सुनसरी, ओखलढुंगा, उदयपुर, खोटाङ, झापा, ताप्लेजुङ, पाँचथर र भोजपुर जिल्लाका […]

एभरेष्टका दुई विद्यार्थीसहित कोशीबाट ६ जना राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि छनौट

विराटनगर १८ जेठ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि जेठ २२ र २३ हुने १४ वर्ष मुनिको राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि कोशी प्रदेशबाट ६ जना खेलाडी छनौट भएका छन् । विराटनगर–५ स्थित एभरेष्ट स्कुलका विद्यार्थीहरु कृपा पोखरेल र सक्षम बस्नेत सहित श्रीश्री रबिशंकर स्कुलकी स्वस्तिका चौधरी छनौट हुनुभएको हो । सुनसरीको इटहरी रंगशालामा भएको छनौट […]

खेलकुद महासंघ कोशी अध्यक्षमा कोइराला

विराटनगर १६ जेठ । नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका रोहित कोइराला निर्वाचित हुनुभएको छ । विहीबार झापाको दमकमा सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनबाट कोइराला अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । अधिवेशनबाट नवनिर्वाचित ४२ सदस्यीय कमिटीको उपाध्यक्षमा झापाका भिम लिबाङ्ग, महिला उपाध्यक्षमा धनकुटाकी सृजना भुजेल, सचिवमा मोरङका हेमन्त सुवेदी, उपसचिवमा […]

कराते महासंघ कोशी प्रदेश तदर्थ समिति गठन, रानालाई संयोजकको जिम्मेवारी

विराटनगर २६ वैशाख । कोशी प्रदेश खेलकुद विकास बोर्डले करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर राना मगरको संयोजकत्वमा नेपाल कराते महासंघ कोशी प्रदेश तदर्थ समिति गठन गरेको छ । बोर्डको २७ औँ बैठकले मगरको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । बोर्डले महासंघको आन्तरिक विवादका कारण प्रदेशमा वैधानिक महासंघ गठन नभएकोले ३ महिना भित्र अधिवेशन […]