विराटनगर, २१ वैशाख । नेकपा एमाले विराटनगरले वैशाख २४ गते वृहत् चुनावी भेला गर्ने भएको छ । भेलालाई पार्टी अध्यक्ष तथा निर्वमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका हुन् । सो कुराको पुष्टि नेकपा एमाले मोरङ निर्वाचन परिचालन कमिटीका संयोजक एवं केन्द्रीय सदस्य विनोद ढकालले गरेका छन् । स्थानीय जैन भवनमा आयोजित पार्टीको विराटनगर […]
विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस आफूले खाएपनि अरुलाई धोका नदिने गरेको बताएका छन् । नेपाली कांग्रेस मोरङले आज विराटनगरमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले योपटक कांग्रेसका युवा नेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिलाएर न्याय गरेको पनि बताए । “यसअघि पनि पनि नागेश मेयरको आकांक्षी थिए, त्यसपछि […]
विराटनगर, २० वैशाख । सुनसरी धरान उपमहानगरपालिकाको मेयरको दौडबाट जनता समाजवादी पार्टी (जसपा) पछि हटेको छ । सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै मेयर र उपमेयरमा उम्मेदवारी दिएको जसपाले गठबन्धनका उम्मेदवारलाई सघाउन सहमत भएको हो । केन्द्रको निर्देशनपछि मंगलबार जसपाले आफूले उठाएका मेयर र उपमेयरका उम्मेदवारलाई निष्क्रिय बनाउने भएको हो। उसले गठबन्धन उम्मेदवारलाई सघाउने सहमति गरेको छ। […]
विराटनगर, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज बिहान विराटनगरमा प्रभात फेरीको आयोजना गरिएको छ । नेपाल पत्रकार महासङ्घ मोरङको आयोजनामा प्रभात फेरीको आयोजना गरिएको हो । कलेज रोडस्थित महासङ्घको कार्यालयबाट सुरु भएको प्रभात फेरी महेन्द्र चोक, पुरानो गुद्री, बुधहाट चोक, ट्राफिक चोक हुँदै कलेज रोडमै पुगेर सम्पन्न भएको थियो । प्रभात फेरीमा […]
विराटनगर, २० वैशाख । नेपाली कांग्रेसले भोली बुधबार विराटनगरमा बृहत चुनावी सभा गर्ने भएको छ । देशका प्रमुख १० शहरमा चुनावी सभा आयोजना गर्ने कार्यक्रम अनुसार पहिलो कार्यक्रम भोली विराटनगरमा गरिने कांग्रेस जनाएको छ । चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस स्थानीय तह […]