विराट हेल्थ केयर इन्डष्ट्रिजद्धारा ‘ह्वाइट मुन’ को उत्पादन शुरु

विराटनगर १६ वैशाख । विराट हेल्थ केयर इन्डष्ट्रिज बुढीगंगाले सेनिटरी प्याड को ‘ह्वाइट मुन’ उत्पादन शुरु गरेको छ ।

इन्डष्ट्रिजले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर विराट हेल्थ केयर इन्डष्ट्रिजले ‘ह्वाइट मुन’ नामक सेनिटरी प्याड उत्पादन गरेर बजारमा ल्याएको जानकारी गराएको हो । काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवसका अवसरमा इन्डष्ट्रिजले ‘ह्वाइट मुन’ को उत्पादन शुरु गरिएको जानकारी दिएको हो । इन्डष्ट्रिजले उत्पादन गरेको सेनिटरी प्याड विश्वसनिय र सुरक्षित रहेको दावी गरेको छ । आयातित सेनेटेरी सामानहरुमा परनिर्भरता घटाउनु मुख्य उद्देश्य रहेको प्रवन्ध निर्देशक छत्रबहादुर खड्काले जानकारी दिनुभयो ।

चीनबाट ल्याएको आधुनिक उपकरणबाट सेनिटरी प्याड उत्पादन हुने गरेको उहाँले बताउनुभयो । दैनिक तीनदेखि चार लाख सेनिटरी प्याड उत्पादन गर्न सक्ने क्षमता कम्पनीको छ ।

सेनिटरी प्याडको उत्पादनसँगै पहिलो चरणमा पूर्वी नेपालका विभिन्न ग्रामीण क्षेत्रका किशोरी तथा महिलाहरुलाई प्रजनन स्वास्थ्यका बारेमा शिक्षा प्रदान गर्ने, महिनावारीका बारेमा साक्षरता बढाउने र महिनावारीका बारेमा देखिने अन्धविश्वासलाई घटाउन पनि काम गर्ने ब्राण्ड म्यानेजर दिक्षा थापाले बताउनुभयो ।

५५ करोड लगानीमा स्थापना भएको विराट हेल्थ केयरले अन्य विभिन्न स्वास्थ्य सामाग्रीहरु पनि उत्पादन गर्दै आएको छ । उद्योगले सेनिटरी प्याड, मास्क, सुकभर लगायतका ९ प्रकार स्वास्थ्यसँग सम्बन्धि सामाग्रीहरु उत्पादन गर्दै आएको प्रबन्धक निर्देशक खड्काले जानकारी दिनुभयो ।

प्त्रकार सम्मेलनमा सेनिटरी प्याडको उत्पादनबारे निकिता कार्की, डा.सुभेक्षा पाण्डे लगायतले जानकारी गराएका थिए ।