जिवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई कारवाहीको माग

विराटनगर, ५ माघ । जिवित शिशुलाई मृत घोषणा गर्ने कोशी अस्पताल विराटनगरका चिकित्सकलाई कारवाही गर्न यूवा संघ विराटनगरले माग गरेको छ । अस्पतालका डा. आकाश यादव, अहेव लक्ष्मण माझी, टीका भण्डारी साथै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई तत्काल निलम्बन गरी कारबाहीको माग गर्दै यूवा संघले अस्पताल परिसरमा प्रदर्शन गरेको छ । गैर जिम्मेवारी चिकित्सकलाई […]

ज्येष्ठ नागरिक वडा समितिको तेस्रो साधारणसभा सम्पन्न

विराटनगर ३० पुस । ज्येष्ठ नागरिक वडा कार्यसमिति विराटनगर–११ को दोस्रो साधारणसभा सम्पन्न भएको छ ।एक समारोहका बीच साधारणसभाको विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीप समाजले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ज्येष्ठ नागरिकका लागि हरेक वडामा एकीकृत भवन निर्माण गर्नु […]

प्रदेश १ : उपसभामुखमा सिर्जना दनुबार निर्वाचित

विराटनगर, ३० पुस । प्रदेश १ की उपसभामुख सिर्जना दनुवारले पद तथा गोपनियाताको सपथ लिनुभएको छ । आज उपसभामुख दनुवारले प्रदेश १ का सभामुख बाबुराम गौतमबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो । आजकै प्रदेशसभा बैठकबाट बहुमतका आधारमा उपसभामुख पदमा दनुवार निर्वाचित हुनुभएको थियो । प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचनमा दनुवारको पक्षमा ५७ मत परेको […]

विराटनगरमा केवल र नेटको तार व्यवस्थापन सुरु

विराटनगर २८ पुस । विराटनगर महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरुले जथाभावी लत्रिएका तारको व्यवस्थापन गर्न सुरु गरेका छन् । विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए । गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको […]

प्रदेश १ को सभामुखमा निर्वाचित बाबुराम गौतमद्धारा पदभार ग्रहण

विराटनगर, २८ पुस । प्रदेश १ को सभामुखमा नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम निर्विरोध निर्वाचित हुनु भएको छ । ओखलढुंगाको ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित ५० वर्षीय गौतम प्रदेशको दोस्रो सभामुख बन्नु भएको हो । सभामुखको मनोनयनका क्रममा गत मंगलबार सत्तारुढ गठबन्धनका तर्फबाट उहाँको मात्रै उम्मेदवारी परेको थियो । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले […]