कोशी प्रदेश सरकारले २८ प्रजातिका काठ बिक्रीका लागि खुल्ला गर्ने

विराटनगर २६ मंसिर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले वन ऐन कार्यविधि बनाई २८ प्रजातिका काठ विक्रीका लागि खुल्ला गर्ने बताउनु भएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ मोरङको आज विराटनगरमा आयोजित १६ औं अधिवेशन तथा बार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न मन्त्रालय सहयोगीको भूमिका […]

गठबन्धन सरकारले साम्प्रदायिकतालाई बढवा दियो : एमाले अध्यक्ष ओली

विराटनगर २६ मंसिर । नेकपा एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले साम्प्रदायिकतालाई बढावा दिइरहेको बताउनुभएको छ । ओखलढुङ्गाको हर्कपुरमा भएको सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “साम्प्रदायिकताको जगमा उठेको वर्तमान सरकारले साम्प्रदायिकताका पक्षहरुलाई भित्र भित्रै बढाबा दिएर चलिरहेको छ ।” पुष्पलाल मध्यपछाडि लोक मार्ग केन्द्रित झुलाघाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा […]

मानव विकास प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर २६ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लागूऔषध सम्बन्धी सचेतना कार्यक्रम धेरै गोष्ठी र छलफल चलाएपनि पनि घरका छोराछोरी लागूअ‍ौषध प्रयोगकर्ता छन् भने त्यहाँ शान्ति नहुने बताउनु भएको छ । सरकारसँग अहिले सबैले विकास निर्माणका लागि नै बजेट माग्दै आउने गरेपनि मानवीय विकासको कुरा भने कसैले नगर्ने गरेको बताउनु भयो । मंगलबार झापाको […]

जाजरकोट भूकम्प पिडित विद्यार्थीलाई लायन्स क्लव अफ विराटनगर गुराँसको सहयोग

विराटनगर  २५ मंसिर । जाजकरकोट भूकम्प पिडित विद्यार्थीका लागि लायन्स क्लव अफ विराटनगर (एलसीबी) गुराँसले न्यानो पोशाक वितरण गरेको छ । गत कात्तिक १८ गते शुक्रबार राति गएको भूकम्पका कारण घरबाहिर हुन पुगेका स्कुले बालबालिकालाई लक्षित गर्दै एलसीबी गुराँसले ट्रयाकसुट वितरण गरेको हो । भूकम्पकको केन्द्रविन्दु रहेको भेरी नगरपालिकाका दुई विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) […]

एवीसी नेपालद्धारा तीनमहिने सिलाइ बुनाई तालिम सम्पन्न

विराटनगर २५ मंसिर । एविसी नेपालले आयोजना गरेको तीन महिने सिलाई बुनाई तालिम सम्पन्न भएको छ । गत भदौ २४ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र बिऊ पुँजीसमेत वितरण गरिएको थियो । एवीसी नेपालकी अध्यक्ष विष्ण शर्माको सभापतित्वमा सम्पन्न […]