गठबन्धन सरकारले साम्प्रदायिकतालाई बढवा दियो : एमाले अध्यक्ष ओली

विराटनगर २६ मंसिर । नेकपा एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले साम्प्रदायिकतालाई बढावा दिइरहेको बताउनुभएको छ ।

ओखलढुङ्गाको हर्कपुरमा भएको सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “साम्प्रदायिकताको जगमा उठेको वर्तमान सरकारले साम्प्रदायिकताका पक्षहरुलाई भित्र भित्रै बढाबा दिएर चलिरहेको छ ।” पुष्पलाल मध्यपछाडि लोक मार्ग केन्द्रित झुलाघाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा भएको सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले सरकारले बिकास ठप्प पारेर निराशा फैलाउने काम मात्रै गरेको बताउनुभयो । अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्दै एमालेले मात्रै शान्ति सुव्यवस्था कायम गर्न सक्ने बताउनुभयो ।एमाले सरकारमा गएको बेला व्यवहार र इतिहासले प्रमाणित गरेको दाबी गर्दै नेकपा एमालेले मात्रै देशमा समृद्धि ल्याउने बताउनुभयो । उहाँले नेकपा एमाले साँढे तीन वर्ष सरकारमा हुँदा एयरपोर्ट, बाटो घाटो निर्माण, खानेपानीको व्यवस्था र कृषिको विकासमा एमालेले काम गरेको स्मरण गराउनुभयो ।

अध्यक्ष ओलीले मिसन २०८४ एमालेका लागि मात्र नभइ देशको समृद्धि र विकासका लागि चाहिएको बताउनु भएको छ । कोशी प्रदेशको पहिलो सभा हर्कपुरमा हजारौको सहभागिता देखिन्थ्यो । आजै खोटाङको हलेसीमा स्थानीय बासिन्दा, कार्यकर्ता र नेताहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । आजको बास खोटाङको दिक्तेलमा हुनेछ । आज यात्राले ६६ किलोमिटरको दुरी पार गर्ने छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडका समस्या पहिचान र समाधानका उपायका विषयमा स्थानीयबासिन्दाहरुसँग प्रत्यक्ष संवाद गर्न एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी यात्रा सुरु गरेको हो ।

बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर पुष १ गते समापन हुदैछ ।