विराटनगरमा आजदेखि सीएनआई एक्स्पो, पूर्वप्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

विराटनगर १९ माघ । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा बिहीबारदेखि ऐतिहाँसिक सीएनआई कोसी एक्स्पो २०७९ सुरु हुँदैछ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटनका लागि तयारी तिब्र पारिएको छ । भव्य समारोहका बीच एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । एक्स्पो स्थलमा राखिएका करीव चार […]

मोरङमा फागुन ११ देखि हात्तीपाईले रोग विरुद्धको औषधि खुवाईने

विराटनगर १८ माघ । मोरङमा आगामी फागुन ११ गतेदेखि हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने (एमडिए) अभियान सञ्चालन गरिने भएको छ । १५ दिन सम्म अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय मोरङले आज जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि गरेको छ । १७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य संयोजकहरुको सहभागितमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने अभियानलाई […]

विराटनगरमा हृदेन्द्र पार्क निर्माणको प्रक्रिया सुरु

विराटनगर १८ माघ । विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको छ । सोही अध्ययन प्रतिवेदनका आधारमा महानगरले पार्क निर्माण गर्नेछ । मंगलबार महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको […]

मेयर कोइरालाको नेतृत्वमा विराटनगरका क्यासिनोको आकस्मिक अनुगमन

विराटनगर १८ माघ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला नेतृत्वको टोलीले विराटनगरमा सञ्चालित क्यासिनोको मंगलबार राति आकस्मिक अनुगमन गरेको छ । उपमेयर शिल्पा निराला कार्की, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरी निरीक्षक राजन पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन मैनाली, सचिवालयको टिमसहित पुगेको मेयर कोइराला नेतृत्वको टोलीले रत्ना होटल र विग होटलमा सञ्चालित […]

सीएनआई कोसी एक्स्पो : पाँच मुख्य पेभिलियन, ३०० बढि युवालाई रोजगारी

विराटनगर १८ माघ । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् । एक्स्पोका माध्यमबाट प्रदेश १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यका साथ सर्वोच्च शिखर सगरमाथासहितका अग्गा हिमालहरुको नाममा पेभिलियन राखिएको […]