पूर्व विद्यार्थी समाजद्वारा सुकुना क्याम्पसमा रक्तदान

विराटनगर २६ मंसिर । सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैचा मोरङमा रक्तदान कार्यक्रम गरिएको छ । पूर्व विद्यार्थी समाजको आयोजनामा आज गरिएको रक्तदान कार्यक्रममा ६९ पिन्ट रगत सङ्कलन भएको छ ।

रक्तदान कार्यक्रममा पूर्वविद्यार्थी, नागरिक समाजका व्यक्तिहरू, विद्यार्थीहरू, शिक्षक, कर्मचारीहरू लगायतका व्यक्तिहरूले रक्तदान गरेको पूर्व विद्यार्थी समाजकी कोषाध्यक्ष प्राञ्जली ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठ, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकाल, वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, पूर्व सांसद एवम् समाजका निवर्तमान अध्यक्ष राजकुमार ओझा लगायतको सहभागिता रहेको थियो ।