विराटनगर २६ कात्तिक । शिक्षादिप कलेज विराटनगरले यस वर्षको एमबीबीएस प्रवेश परीक्षामा छात्रातर्फ देशभरबाट प्रथम स्थान ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।
कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले प्रथम स्थान ल्याउने कलेजकी छात्रा विभाकुमारी नायकलाई नगद ५१ हजार सहित सम्मान गर्नु भएको छ । यसैगरी कलेजले एमबीबीएस प्रवेश परीक्षाका छात्रवृत्ति सहित उत्कृष्ट अङ्क ल्याउने छात्रछात्राहरु पुष्पराज तिमसिना र श्रृति वर्णवाललाई सम्मान गरेको छ ।
सो अवसरमा प्राचार्य खड्का लगनशिलका साथ अध्ययन गरेमा स्वदेशमा रोजगारीका लागि दक्षजनशक्ति उच्च माग रहेकोले विदेश जानु पर्ने आवश्यक्ता नभएको बताउनुभयो ।
प्रथम हुने छात्रा नायकले विद्यालयका गुरुहरुको प्रविधिको प्रयोगबाट गराएको अध्यापनवाट आफुले सफलता प्राप्त गर्न सकेको विचार राख्नुभयो । कलेजले आफ्नो विद्यार्थीहरुलाई विभिन्न प्राविधिक बिषयका प्रवेश परीक्षाका लागि अतिरिक्त कक्षा विगतदेखि सञ्चालन गर्दै आइरहेको कलेजका प्राध्यापक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
कलेजमा ११ र १२ का विभिन्न सङ्कायम दुई हजार पाँच सय विद्यार्थीहरु अध्ययनरत रहेको अधिकारीले बताउनुभयो । कलेजले यस वर्ष १२ कक्षाको परीक्षामा एक हजार विद्यार्थी सहभागी भएकोमा ९६ प्रतिशत उत्तीर्ण भएको सोही समयमा जानकारी दिइयो ।