म अघि बढिसके, खुट्टा कमाउदिनँ : विद्या भण्डारी

विराटनगर ६ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताउनु भएको छ ।

राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’

आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गर्नु भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्कने निर्णयको लामो शृङ्खला नै सुनाउनु भएको थियो ।