विराटनगर १२ माघ । मोरङको उर्लाबारी क्षेत्रमा हिँउ चितुवा भेटिनु अस्वभाविक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बुधबार उर्लाबारी–१ चारघरे भन्ने ठाउँमा वयस्क भाले हिँउ चितुवा भेटिएको थियो । बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिँउ चितुवालाई उद्दार गरेर अहिले सदर चिडिया खाना, जाउलाखेल ल्याइएको छ । पूर्व कञ्चनजंगादेखि पश्चिम अवि नम्पा […]
विराटनगर १२ माघ । गैरसरकारी संस्था (गैसस) महासंघ मोरङको १९ औं साधारणसभा विहीबार विराटनगरमा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा ५ वटा संस्थालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा पूर्वाञ्चल बालसेवा आश्रम, अम्बे–मुरारी सेवा केन्द्र, मानवअधिकारका लागि एकल महिला समूह मोरङ, नारी विकास संघ इटहरा र युवा विकास संस्था रहेको छ । विराटनगर महानगरका प्रमुख […]
विराटनगर १२ माघ । विराटनगर–५ स्थित एभरेष्ट माध्यामिक विद्यालयमा जारी एभरेष्ट स्पोट्र्स मिट अन्तर्गत आज कक्षा २ देखि ६ सम्मका स्पर्धा सम्पन्न भएका छन । बिहीवार सम्पन्न कक्षा २ को ५० मिटर दौडमा अनुज चौधरी र यूक्ती चौधरी प्रथम हुँदा दीवांश मेहता र आस्मा चौधरी दित्तिय हुनुभएको छ । यस्तै कौशल यादव र दिक्षिता सिंह […]
विराटनगर ११ माघ । एमालेमा लामो समयदेखि क्रियाशिल सुनसरी इटहरीकी रुक्मिणी कोइराला विहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेबाट निर्वाचित एक मात्र उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय सभाका रिक्त १९ सिटमा एमालेले १९ जनानै उम्मेदवार उठाएको थियो । कोशीमा राप्रपासँग गठबन्धन गरेपछि एमालेबाट अन्य तर्फ उम्मेदवारी दिएका पर्शुराम अधिकारीलाई व्याक गरिएको थियो । ७ वटै प्रदेशमा […]
विराटनगर ११ माघ । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेकी रुक्मिणी कोइराला निर्वाचित हुनु भएको छ । अन्य तर्फ सत्ता गठबन्धनका सिटौलाले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका उद्धव पौडेललाई पराजित गर्नु भएको थियो । महिला तर्फ सत्ता गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई एमाले–राप्रपा गठबन्धनकी उम्मेदवार एमालेकी कोइरालाले पराजित गर्नुभएको थियो । […]