विराट सडक महाेत्सव माघ १ देखि हुने

विराटनगर ४ पुस । विराट सडक महोत्सवको पाँचौँ संस्करण आगामी  माघ १ देखि ५ गतेसम्म आयोजना हुने भएको छ। माघे सङ्क्रान्ति तथा सोनाम ल्होसारको  अवसरमा विराटनगरको हिमालय रोडमा महोत्सव सञ्चालन गरिन लागेको आयोजक मञ्जिना मुभिज क्रिएसनका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिनुभयाे। महोत्सवमा नेवारी, थारु, राजवंशी, लिम्बूलगायत विभिन्न आदिवासी जनजातिका परम्परागत खानाका परिकारसँगै स्टार होटलहरूमा पाइने […]

काेशीकाे भूगाेलमा घिमिरेलाई सर्वाधिक मत

विराटनगर ४ पुस । एमाले केन्द्रीय सदस्यमा जीवन घिमिरे सर्वाधिक मत सहित विजयी हुनु भएकाे छ । काठमाडौंमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनमा घिमिरे १ हजार ६४१ मत सहित विजयी हुनु भएकाे छ । काेशीकाे भूगाेलबाट घिमिरेले सर्वाधिक मत ल्याउनु भएकाे हाे । नेता घिमिरे एमालेकाे ८ औं राष्ट्रिय महाधिवेशन देखि निरन्तर केन्द्रीय सदस्यमा निर्वाचित […]

सीमापार हुने मानव बेचविखन तथा ओसारपसार, शोषणमा देखिएको प्रबृत्ति र स्वरुपबारे अन्तर्राष्ट्रिय कार्यशाला

विराटनगर ४ पुस । नेपाल–भारत सीमापार हुने मानव बेचविखन तथा ओसारपसार र शोषणमा देखिएको प्रबृत्ति र स्वरुपबारे अन्तराष्ट्रिय कार्यशाला विराटनगरमा शुरू भएको छ । दुईदिने कार्यशालाको नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री श्रद्धा श्रेष्ठले शुभारम्भ गर्नु भएको थियो । मन्त्री श्रेष्ठले मानव बेचबिखन सीमा नमान्ने गम्भीर अपराध भएकाले यसविरुद्ध दुवै देशबीच मजबुत सहकार्य आवश्यक […]

अन्तर स्कुल क्रिकेटमा ग्रिनपिस विजयी

विराटनगर २ पुस । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गिनपिस स्कुल विजयी भएको छ । बुधबार भएको खेलमा ग्रिनपिसले डिएभी स्कललाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १६ रनको योगदान दिएको […]

ट्रक चालक तथा सहचालकका लागि निःशुल्क आँखा शिविर

विराटनगर, २ पुस । विराटनगर ट्रक व्यवसायी संघको आयोजनामा आज ट्रक चालक तथा सह–चालकहरूका लागि निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ मोरङ शाखाको सहकार्यमा शिविर आयोजना गरिएको विराटनगर ट्रक व्यवशायी संघका अध्यक्ष सञ्जीव सिग्देलले जानकारी दिनुभयो । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा […]