विराटनगर २९ साउन । नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठक आज बसेको छ । बैठकमा प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको स्थानीय सरकारी कामकाजको भाषा बिधेयकले समेटन नसकेको मुख्य भाषिक समुदायहरुको (बान्तवा, चाम्लिङ र थारु लगायत) आवाजहरुलाई समेट्ने र संबोधन गर्ने तथा प्रदेश सरकारको समग्र पक्षको बारेमा छलफल भएको नेकपा […]
विराटनगर ३० साउन । सुनसरी धरानको महेन्द्र बहुमुखी क्याम्पसका नाममा उच्च अदालत विराटनगरले उत्प्रेशणयुक्त परमादेश जारी गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस धरानमा एलएल.बी. मा अध्ययनरत इश्वर कट्टेलले दायर गरेको मुद्दामा न्यायाधिशद्वय श्रीधराकुमारी पुडासैनी र कृपासुर कार्कीको इजलाशले बुधवार क्याम्पसका नाममा उत्प्रेशणयुक्त परमादेश जारी गरेको हो । रिट निवेदक कट्टेलले कानून बमोजिमको प्रकृया पुरा गरी […]
विराटनगर २९ साउन । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित हुनुभएको छ । उहाँलाई बुधबार काठमाडौं प्याब्सनले एक समारोहका बिच सम्मान गरेको हो । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेवापत सम्मान गरिएको हो । उहाँलाई शिक्षा, विज्ञान […]
विराटनगर २९ साउन । नेपालको शिक्षा क्षेत्रको समग्र विकासमा चार दशकभन्दा बढी योगदान पुर्याउँदै आएको निजी क्षेत्रले हाल प्रस्तावित ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ प्रति गम्भीर आपत्ति जनाएको छ । प्याब्सन र एनप्याब्सनको संयुक्त निर्णयअनुसार, बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई एक ज्ञापनपत्र बुझाउँदै शिक्षा विधेयकमा प्रस्तावित केही कानुनी […]
विराटनगर २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल संगठनहरुको अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन निर्देशन दिनु भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा रहेका बाल संगठनको भौतिक तथा आर्थिक अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन उहाँले निर्देशन दिनु भएको हो । नेपाल बाल संगठन कोशी प्रदेश स्तरिय भेला/प्रशिक्षण कार्यक्रमको आज सामाजिक विकास मन्त्रालयमा […]