हिमाली र पहाडी क्षेत्रका सवै विद्यालयमा सूचना प्रविधियुक्त पूर्वाधार निर्माण गरिने : मुख्यमन्त्री कार्की

विराटनगर ९ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार र विद्यालयमा आइसिटी निर्माण गर्ने घोषणा गर्नुभएको छ । आज सहिद भूमि गाउँपालिका धनकुटामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने घोषणा गर्नुभएको हो । खेतान फाउन्डेसनले […]

मोरङ लेटाङकी १३ बर्षीया गौतमको शव बीभत्स अवस्थामा फेला

विराटनगर ८ असोज । मोरङ लेटाङ २ स्कुल चोककी १३ बर्षीया बालिका अंशु गौतमको शव बीभत्स अवस्थामा फेला छ । २ सातादेखि बेपत्ता भएकी बालिकाको शव बीभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गौतम शुक्रबार जंगलभित्र मृत भेटिएकी हुन् । लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित […]

सोलुखुम्बुमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ६ जना घाईते

विराटनगर ७ कात्तिक । सोलुखुम्बुमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिनुभयो । माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ […]

मुख्यमन्त्री कार्की द्वारा भाइटीकाकाे शुभकामना

विराटनगर ६ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दीपावली तथा भाइटिकाको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा “हाम्रो संस्कृति, हाम्रो गौरव” भन्ने मूल नाराका साथ यस पर्वले पारिवारिक एकता, माया र आपसी सम्बन्ध झन् प्रगाढ बनाउन सघाउने विश्वास व्यक्त गर्नुभएको छ। […]

आज काग तिहार

विराटनगर २ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्याेदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो […]