कोशी प्रदेशमा ३६.६७ प्रतिशत धान रोपाइँ

विराटनगर, २८ असार । कोशी प्रदेशमा कुल ३६ दशमलव ६७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा कोशीमा ४ दशमलव ७१ प्रतिशत बढी रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका अनुसार तराईका जिल्लामा झापामा सवै भन्दा बढी ४८ प्रतिशत रोपाइँ भएको छ । मोरङमा ३५ प्रतिशत, सुनसरीमा ३१ प्रतिशत रोपाइँ […]

एसईई परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई महानगरको सम्मान

विराटनगर, २८ असार । विराटनगर महानगरपालिकाले २०७९ सालको एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । आज महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका प्रमुख नागेश कोइरालाले सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्नुभयो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई महानगरका मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत, […]

६ महिनामा मोरङमा मानवअधिकार उल्लङ्घनका ९५ घटना

विराटनगर २७ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले मोरङमा ६ महिनाको अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विवरण मङ्गलवार सार्वजनिक गरेको   छ । इन्सेक मोरङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा सन् २०२३ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा ९५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको छ । ६ […]

कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दामा आज पनि सुनुवाई भएन

विराटनगर २६ असार । सर्वाेच्च अदालतमा रहेको कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । आज सर्वाेच्चका न्यायाधीश शुष्मालता माथेमाको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो । आइतबार सो रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएकोमा समयअभावका कारण हेर्न नभ्याइने परेको थियो । दोस्रो दिन न्यायाधीश माथेमाको इजलालसमा २४ औं […]

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठक : दैवी प्रकोपबाट हुनसक्ने सम्भावित क्षति रोक्नका लागि पूर्व तयारी गरिने

विराटनगर २६ असार । कोसी प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । बैठकले प्रदेश र स्थानीय तहका कर्मचारीहरुका लागि निजामती किताबखाना स्थापना गर्ने निर्णय गरेको छ । लोकसेवा आयोगको परामर्शमा किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री प्रदीपकुमार सुनुवारले बताए । उनका अनुसार निजामती ऐन परिमार्जन […]